झर्ना खोलामा ट्रष्ट पुल निर्माण, छ सय बढी घरधुरी लाभान्वित
आइतबार, १५ साउन २०७९, ०६ : ४२
कञ्चनपुरको बेलडाँडी गाउँपालिकाको झर्ना खोलामा ट्रष्ट पुल निर्माण पूरा भएको छ । बेलडाँडी –१ सिद्धचोक र बेलौरी नगरपालिका–९ रतनपुर जोड्नका लागि सो खोलमा पुल निर्माण भएको हो ।
यसका लागि हेल्भीटासले रु २६ लाख ३६ हजार र गाउँपालिकाले रु चार लाख लगानी गरेका छन् । पुल बनाउन प्राविधिक सहयोग नेपाल राष्ट्रिय विकास समाज (एनएनडीएस)ले गरेको छ । समाजका प्रबन्ध निर्देशक भीमदत्त भट्टले स्थानीयवासीको माग र समस्यालाई मध्यनजर गरी पुल निर्माण गरिएको बताए ।
उनका अनुसार निर्माण भएको पुलको लम्बाइ ३२ मिटर र चौडाइ डेढ मिटर रहेको छ । यसबाट सो क्षेत्रका छ सय बढी घरधुरी लाभान्वित भएका छन् । वर्षात्‌का बेला पुल नहुँदा विगतमा बाढी आएको खोला जोखिम मोल्दै तर्नुपर्ने बाध्यता यस क्षेत्रका बासिन्दालाई रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६८ किलो गाँजासहित दुई जना पक्राउ
-
‘स्वदेशीलाई रुवाएर विदेशी लगानीकर्ताहरूलाई लगानी गर्न आऊ भनिँदैछ’
-
इलाम-२ उपनिर्वाचन : मत गणनास्थल तयारी अवस्थामा
-
विदेश भ्रमणमा रेकर्ड ब्रेक गरेका उपेन्द्र यादव फेरि अमेरिका र कतारका लागि उड्दै
-
शतकपछि कप्तान पौडेलले भने – ‘टुडे वाज माई डे’
-
वेस्ट इन्डिजलाई हराउँदाको खुसी, तस्बिरहरू