झर्ना खोलामा ट्रष्ट पुल निर्माण, छ सय बढी घरधुरी लाभान्वित
आइतबार, १५ साउन २०७९, ०६ : ४२
कञ्चनपुरको बेलडाँडी गाउँपालिकाको झर्ना खोलामा ट्रष्ट पुल निर्माण पूरा भएको छ । बेलडाँडी –१ सिद्धचोक र बेलौरी नगरपालिका–९ रतनपुर जोड्नका लागि सो खोलमा पुल निर्माण भएको हो ।
यसका लागि हेल्भीटासले रु २६ लाख ३६ हजार र गाउँपालिकाले रु चार लाख लगानी गरेका छन् । पुल बनाउन प्राविधिक सहयोग नेपाल राष्ट्रिय विकास समाज (एनएनडीएस)ले गरेको छ । समाजका प्रबन्ध निर्देशक भीमदत्त भट्टले स्थानीयवासीको माग र समस्यालाई मध्यनजर गरी पुल निर्माण गरिएको बताए ।
उनका अनुसार निर्माण भएको पुलको लम्बाइ ३२ मिटर र चौडाइ डेढ मिटर रहेको छ । यसबाट सो क्षेत्रका छ सय बढी घरधुरी लाभान्वित भएका छन् । वर्षात्‌का बेला पुल नहुँदा विगतमा बाढी आएको खोला जोखिम मोल्दै तर्नुपर्ने बाध्यता यस क्षेत्रका बासिन्दालाई रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुसी जोखिमबिच युक्रेनले सीमा बलियो बनाउँदै
-
अनशनरत डा. गोविन्द केसी सेती प्रादेशिक अस्पताल भर्ना, आईसीयूमा राखेर उपचार सुरु
-
पत्रकार किलम्बूलाई ‘हरिलाल–श्रीलक्ष्मी स्मृति पत्रकारिता पुरस्कार’
-
अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालन
-
प्रिमियर लिगमा चम्किन तयार १० युवा प्रतिभा
-
डा. गोविन्द केसीको स्वास्थ्यमा समस्या, अनशन स्थलमा स्थानीयको प्रदर्शन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण