आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल फाइनान्सले ११ लाख ३४ हजार कित्ता सेयर लिलामीमा बेच्ने

आइतबार, १५ साउन २०७९, १० : १७
आइतबार, १५ साउन २०७९

नेपाल फाइनान्सले साउन २३ गतेदेखि ११ लाख ३४ हजार ७१६.१८ कित्ता संस्थापक सेयर लिलामीमा बेच्ने भएको छ । यस लिलामीमा कम्पनीको संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले न्यूनतम १०० रूपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुनुपर्नेछ । न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । आवेदन दिने अन्तिम म्याद भदौ ६ गतेसम्म रहेको छ । 

कम्पनीले यसअघि असार १७ गतेदेखि  २४ गतेसम्म संस्थापक समूहको ११ लाख ३६ हजार ७१६.१८ कित्ता र सर्वसाधारण समूहको ३ लाख २ हजार ६९६.२७ कित्ता सेयर लिलामीमार्फत बिक्री गरेको थियो । तर, सो समयमा बिक्री नभएको संस्थापक समूहको बाँकी सेयर कम्पनीले फेरि लिलामीमा ल्याउन लागेको हो । यसमा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटलले गर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप