लुम्बिनी प्रदेशमा वार्षिक एक सय हाराहारीमा कर्तव्य ज्यान मुद्दा
लुम्बिनी प्रदेशमा वार्षिक एक सयको हाराहारीमा कर्तव्य ज्यान मुद्दा दर्ता भएको छ । आर्थिक वर्ष २०७६/७७ देखि २०७८/७९ सम्म तीन वर्षको अवधिमा प्रहरीले ३०८ वटा कर्तव्य ज्यान मुद्दा दर्ता भएको जनाएको हाे ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका अनुसार आर्थिक वर्ष २०७६/७७ मा प्रदेशका १२ वटै जिल्लामा दर्ता भएका कर्तव्य ज्यान मुद्दाको संख्या ८८ थियो । आर्थिक वर्ष २०७७/७८ मा १२५ कर्तव्य ज्यान मुद्दा दर्ता भएको थियो । आर्थिक वर्ष २०७८/७९ मा ९५ कर्तव्य ज्यान मुद्दा दर्ता भएको छ ।
लुम्बिनी प्रदेशका १२ जिल्लामध्ये सबैभन्दा धेरै रुपन्देहीमा कर्तव्य ज्यान मुद्दा दर्ता भएको छ । पछिल्लो तीन वर्षमा रुपन्देहीमा ५६ वटा कर्तव्य ज्यान मुद्दा दर्ता भएको प्रहरीको तथ्याङ्क छ । रुपन्देहीका प्रहरी प्रमुख रवीन्द्र रेग्मीले रुपन्देही जिल्लामा सीमा नाका, जनसंख्या धेरै, आर्थिक तथा पारिवारिक कारणले यहाँ कर्तव्य ज्यानसहित अन्य अपराध पनि धेरै हुने गरेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ग्यास उद्योग संघका पूर्वअध्यक्ष घिमिरेको प्रस्ताव, ‘सक्नेलाई परल मूल्य, विपन्नलाई क्यासब्याक अनुदान’
-
सोलुखुम्बुमा भारतीय सहयोगमा गुम्बा भवनको शिलान्यास
-
अमेरिकामा एक अर्ब डलरभन्दा बढी व्यापारिक ठगी
-
‘आधा सिलिण्डरले खर्च दोब्बर भयो, सरकारले कुरा सुनेन’
-
आपूर्ति सहज बनाउन पुनः १४.२ केजीकै पूरा सिलिन्डर कार्यान्वयन : सचिव राउत
-
सम्झौता नगरे इरानसँग केही पनि बाँकी रहँदैन : ट्रम्प
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण