हिरासतमा रहेकी महिलालाई दुर्व्यवहार गर्ने असई निलम्बित
जबर्जस्ती करणी उद्योगमा मुद्दा दर्ता
सोमबार, १६ साउन २०७९, ११ : ०२
इलाका प्रहरी कार्यालय कोहलपुरको हिरासतमा रहेकी महिलालाई यौन दुर्व्यवहार गरेको आरोप लागेका असई निलम्बनमा परेका छन् । इप्रका कोहलपुरको मुद्दा शाखामा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) प्रवीण चौलागाईंलाई निलम्बन गरिएको बाँकेका एसपी श्यामकृष्ण अधिकारीले रातोपाटीलाई बताए ।
साउन ११ मा बहुविवाह गरेका कसुरमा एक महिला थुनामा परेकी थिइन् । उनलाई असई चौलागाईंले साउन १२ मा राति २ बजे सोधपुछका लागि हिरासतबाट झिकाएका थिए । सोधपुछको आवरणमा महिलालाई यौन दुर्व्यवहार गरेको आरोप लागेपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो ।
असई चौलागाईं विरुद्ध महिलाले जबर्जस्ती करणी प्रयास गरेको आरोपमा जाहेरी दिएकी छिन् । असइविरुद्ध जिल्ला अदालतबाट जबर्जस्ती करणी उद्योगमा ७ दिनको म्याद लिएर अनुसन्धान भइरहेको एसपी अधिकारीले जानकारी दिए ।
यो पनि...
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
-
कांग्रेसको इतर समूहले राष्ट्रिय भेला कसरी गर्छ ? यस्तो छ तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
