शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

हिरासतमा रहेकी महिलालाई दुर्व्यवहार गर्ने असई निलम्बित

जबर्जस्ती करणी उद्योगमा मुद्दा दर्ता
सोमबार, १६ साउन २०७९, ११ : ०२
सोमबार, १६ साउन २०७९

इलाका प्रहरी कार्यालय कोहलपुरको हिरासतमा रहेकी महिलालाई यौन दुर्व्यवहार गरेको आरोप लागेका असई निलम्बनमा परेका छन् । इप्रका कोहलपुरको मुद्दा शाखामा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) प्रवीण चौलागाईंलाई निलम्बन गरिएको बाँकेका एसपी श्यामकृष्ण अधिकारीले रातोपाटीलाई बताए ।

साउन ११ मा बहुविवाह गरेका कसुरमा एक महिला थुनामा परेकी थिइन् । उनलाई असई चौलागाईंले साउन १२ मा राति २ बजे सोधपुछका लागि हिरासतबाट झिकाएका थिए । सोधपुछको आवरणमा महिलालाई यौन दुर्व्यवहार गरेको आरोप लागेपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

असई चौलागाईं विरुद्ध महिलाले जबर्जस्ती करणी प्रयास गरेको आरोपमा जाहेरी दिएकी छिन् । असइविरुद्ध जिल्ला अदालतबाट जबर्जस्ती करणी उद्योगमा ७ दिनको म्याद लिएर अनुसन्धान भइरहेको एसपी अधिकारीले जानकारी दिए ।

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप