‘सक्किगो नि’ मा किन देखिएका छैनन् ‘जिग्री’ ?
पछिल्लो समयको लोकप्रिय हास्य टेलिसिरियल हो ‘सक्किगो नि’ । समसामयिक विषयवस्तुमा निर्माण हुँदै आएको सिरियलमा अर्जुन घिमिरे ‘पाँडे’, कुमार कट्टेल ‘जिग्री’, रक्षा श्रेष्ठ, मधुसुदन पाठक, अशोक धिताल, सागर लम्साल, दीपक आचार्य ‘काकु’ लगायतका थुप्रै कलाकार नियमित देखिँदै आएका छन् ।
तर, पछिल्लो समय प्रसारमा आएको ५ भागमा भने यसका मुख्य कलाकार कुमार कट्टेल ‘जिग्री’ हराएका छन् । सिरियलबाट कट्टेल हराउनुलाई विभिन्न अनुमान गर्न थालिएको छ । कतिपयले त टिमसँगको मनमुटावका कारण कट्टेलले सिरियल छोडेको भनेका छन् भने कतिपयले कुमारले अर्काे सिरियल ल्याउन लागेको अनुमान समेत लगाएका छन् । आखिर किन हराए सिरियलबाट कट्टेल ?
सिरियलबाट आफु हराउनुको कारण सिरियल छोड्नु नभएको कलाकार कट्टेलले बताए । ‘सिरियलको कथा अगाडि बढ्दै जाँदा कथाको मागमा केही भागमा मेरो भूमिका परेन’, कट्टेलले भने, ‘सिरियल मैले छोडेको छैन । टिमसँग म सधै छु ।’ विगत ५ भागमा कथाका कारणले आफु छुटेको भएपनि अवको भागबाट आफ्नो भूमिका नियमित रहने कट्टेलले सुनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मर्यादित महिनावारीसम्बन्धी लुम्बिनी प्रदेशसभा संसदहरुसँग छलफल
-
मेचीनगरको दिसाजन्य लेदो प्रशोधन केन्द्र पूर्ण क्षमतामा चल्न सकेन
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण