हुम्लामा चार दिनदेखि हवाई सेवा अवरुद्ध
सोमबार, १६ साउन २०७९, १२ : ४३
हुम्लाको हवाई सेवा चार दिनदेखि मौसम खराब हुँदा अवरुद्ध भएको छ । बाक्लो बादल लाग्नुका साथै निरन्तर पानी परिरहेका कारण हवाई उडान हुन नसकेको हो । जिल्ला बाहिर नेपालगञ्ज र सुर्खेतबाट उडान हुन नसकेको सिमकोट विमानस्थलले जानकारी दिएको छ । उडान नहुँदा नेपालगञ्ज, सुर्खेतबाट दैनिक उपभोग्यवस्तु आयात हुन सकिरहेको छैन ।
हवाई सेवा अवरुद्ध हुँदा जिल्ला बाहिर सुर्खेत, नेपालगञ्ज र बर्दिया लगायतका जिल्लामा लाइसेन्सको लागि परीक्षा दिन जाने परीक्षार्थी बढी मारमा रहेको सिमकोट गाउँपालिका– ७ का वीरबहादुर सिंहले बताए । सिमकोटमा तेल, चिनी, बेसार, मसला लगायत सामग्रीको अभाव देखिन थालेको पसल व्यवसायीले बताउने गरेका छन् । तारा, समिट, नेपाल एयरलाइन्सले चार दिनदेखि उडान भरेका छैनन् भने सीता एयरले दुई दिनदेखि उडान नभरेको विमानस्थल स्रोतले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन
-
कलङ्की र नयाँ बसपार्क क्षेत्रबाट ६० जना बिचौलिया पक्राउ
-
बर्ड फ्लुका कारण व्यवसाय नै डुब्यो
-
विद्युत् सेवाको विद्यमान अवस्था र वितरण प्रणालीको अवस्था बुझ्न ऊर्जामन्त्रीको भर्चुअल संवाद
-
काग र लोकल कुखुराकै कारण बर्ड फ्लु नियन्त्रणमा समस्या
-
अक्सिजन सिलिन्डर विस्फोट हुँदा माकलबारीमा एक जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण