अर्थ मन्त्रालयमा गएनन् अर्थ सचिव
बुधबार, १८ साउन २०७९, १२ : ३०
अर्थसचिव मधुकुमार मरासिनी बुधबार पनि अर्थमन्त्रालय नगइ बिदामा बसेका छन् । अर्थमन्त्री जनार्दन शर्मा पुनः अर्थमन्त्रालयमा फर्केपछि उनी मन्त्रालय गएका छैनन् ।
गत शनिबार भ्रमण बिदामा पोखरा पुगेयता उनी निरन्तर विदामा बसिरहेका हुन् । सचिव मरासिनीले मंगलबार अर्थमन्त्रालयको प्रशासनमा घरायसी विदामा बसेको जानकारी गराएका थिए । जो, आज बुधबार पनि मन्त्रालय पुगेका छैनन् ।
खासगरी, चालू वर्षको बजेट निर्माण विवादित बनेपछि असार २१ गतेदेखि सचिव विदामा बसेका थिए । उनले अर्थमन्त्रीमा शर्मा रहेसम्म मन्त्रालयमा हाजिर नहुने बताएपनि शर्माले राजीनामा दिनासाथ काममा फर्किएका थिए । त्यसयता, निरन्तर काम गरेपनि शर्माको पुनः मन्त्रालयमा इन्ट्री भएसँगै विदामा बसेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
-
सरकार बनाउनका लागि केन्द्रको निर्णय कुर्दै खगराज भट्ट
-
कांग्रेसको ‘एनसी फर एनसी’ अभियानमा के–के गर्नुपर्छ कार्यकर्ताले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण