अनौठो विश्वविद्यालय, जहाँ अव विद्यार्थी बनाउनेछन् प्रश्नपत्र
नयाँदिल्ली –परीक्षा यस्तो शब्द हो, विद्यार्थीका लागि यसले भय पैदा गर्छ । परीक्षामा कस्ता प्रश्न आउँछन, यो चिन्ताले सवै विद्यार्थीलाई सताउँछ ।
कोही यस्तो व्यक्ति छैन होला, जो परीक्षासँग नडराएको होस् । प्रश्नपत्र हात परेपछि जस्तो सुकै जान्ने विद्यार्थीलाई पनि तनाव हुन्छ ।
यस्तोमा यदि विद्यार्थी नै प्रश्नपत्र तयार गरे भने के होला ?
अव यस्तै हुँदैछ, भारतको एक विश्वविद्यालयमा ।
पंजावको अमृतसरमा रहेको गुरु नानक देव विश्वविद्यालयमा शिक्षक छात्र–छात्रासँग परामर्श लिएर मात्र प्रश्नपत्र बनाउनेछन् । यो भारतको पहिलो विश्वविद्यालय हुनेछ, जसले यस्तो कदम उठाएको होस् ।
गुरु नानक देव विश्वविद्यालयमा आगामी सत्र शुरु हुनुभन्दा अगाडि कक्षाका वाकी विद्यार्थी सिनियर विद्यार्थीसँग सुझाव लिएर बनाइएको प्रश्नपत्रको जवाफ दिनेछन् । सिनियर विद्यार्थीको सुझावका आधारमा तयार पारिएको प्रश्नपत्र बोर्ड अफ स्टडीले अनुमोदन गर्नेछ । यसपछि सिन्डिकेटको फैसला आउँछ र प्रश्नपत्र छापिन्छ ।
गुरु नानक देव विश्वविद्यालयका उपकुलपति डा.जसपाल सिंहल सन्धूले यसवारे भने, ‘आउने समयमा पाठ्यक्रम तयार गर्नका लागि यो अनौठो प्रयोग देशका सवै विश्वविद्यालयका लागि काम लाग्ने हुनेछ ।’
गुरु नानक देव विश्वविद्यालयको यो सोच भविष्यमा कति सफल हुन्छ, त्यो भने अहिले भन्न सकिन्न ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशनको उद्घाटन सत्रबाट रवि र बालेनले दिएका सन्देश
-
पार्टीमा विवाद नभएको सन्देश दिने रवि–बालेनको प्रयास
-
राहुघाट जलविद्युत् आयोजना : सुरुङमा पानी भर्न थालियो
-
लुम्बिनीका विद्युतीय बसः अन्य विमानस्थलमा सेवा सुरु, भैरहवामा भने अझै अलपत्र
-
आँप महोत्सव सम्पन्न : मुख्यमन्त्रीको प्रतिबद्धताले हौसिए किसान
-
एकै विश्वकप दिवसमा डच राजपरिवारका लागि दोहोरो ठुलो सफलता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण