नौ महिनामै अलग्गिए किम र पीट
हलिउड मोडल किम कार्दासियन र उनका नयाँ प्रेमी पीट डेभिडसनले नौ महिनाको प्रेम सम्बन्धलाई टुङ्ग्याएका छन् । उनीहरुले आफ्नो प्रेम सम्बन्धलाई आधिकारिकता दिएको केही समय बित्न नपाउँदै अलग्गिने निर्णय गरेका छन् । किमले केही हप्ता अघिमात्र मिडियालाई आफूहरुको प्रेमको विकासका बारेमा जानकारी दिएकी थिइन् ।
यो जोडी आ–आफ्नो काममा लगातार व्यस्त हुनु र व्यस्त समय तालिकाले एकअर्कालाई भेट गर्ने वातावरण नबन्नु नै अलग्गिने कारण रहेको सञ्चारमाध्यमले जनाएका छन् । किम र पीट सन् २०२१ अक्टोबरदेखि डेटमा थिए । उनीहरुले एकअर्कालाई प्रेमीभन्दा पनि साथीका रुपमा व्यवहार गर्ने उल्लेख गरेका छन् ।
२८ वर्षका पीट र ४१ वर्षकी किम आ–आफ्नो काममा व्यस्त छन् । कामको हिसाबमा पीट किमभन्दा धेरै सहज छन् । पीट आफूसँगै किमलाई आफूले चाहेको स्थानमा लैजान चाहन्छन् । तर किमलाई पीटको यो बानी मनपर्दैन । किनकी किम पीटलाई भन्दा पनि आफ्ना सन्तानलाई ध्यान दिन चाहन्छिन् । किमको पूर्व पति कान्ये वेस्टबाट चार सन्तान छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेठ ११ गतेसम्मका लागि प्रतिनिधि सभा बैठक स्थगित
-
सरकारको नीति तथा कार्यक्रममाथि जेठ ११ गतेदेखि दफावार छलफल हुने
-
प्रतिपक्षीलाई पेल्दै सरकार, उद्योगमन्त्रीद्वारा ८ वटा कानुन संशोधनको अध्यादेश पेश
-
राजनीतिक दलसम्बन्धी विधेयक फिर्तासम्बन्धी प्रस्ताव स्वीकृत
-
कांग्रेसको अवरोधका बिच राष्ट्रपतिलाई धन्यवाद प्रस्ताव पारित
-
संसद्मा कांग्रेसले भन्यो : सहकारीको बचत फिर्ता नभएसम्म हाम्रो लडाई जारी रहन्छ