नौ महिनामै अलग्गिए किम र पीट
हलिउड मोडल किम कार्दासियन र उनका नयाँ प्रेमी पीट डेभिडसनले नौ महिनाको प्रेम सम्बन्धलाई टुङ्ग्याएका छन् । उनीहरुले आफ्नो प्रेम सम्बन्धलाई आधिकारिकता दिएको केही समय बित्न नपाउँदै अलग्गिने निर्णय गरेका छन् । किमले केही हप्ता अघिमात्र मिडियालाई आफूहरुको प्रेमको विकासका बारेमा जानकारी दिएकी थिइन् ।
यो जोडी आ–आफ्नो काममा लगातार व्यस्त हुनु र व्यस्त समय तालिकाले एकअर्कालाई भेट गर्ने वातावरण नबन्नु नै अलग्गिने कारण रहेको सञ्चारमाध्यमले जनाएका छन् । किम र पीट सन् २०२१ अक्टोबरदेखि डेटमा थिए । उनीहरुले एकअर्कालाई प्रेमीभन्दा पनि साथीका रुपमा व्यवहार गर्ने उल्लेख गरेका छन् ।
२८ वर्षका पीट र ४१ वर्षकी किम आ–आफ्नो काममा व्यस्त छन् । कामको हिसाबमा पीट किमभन्दा धेरै सहज छन् । पीट आफूसँगै किमलाई आफूले चाहेको स्थानमा लैजान चाहन्छन् । तर किमलाई पीटको यो बानी मनपर्दैन । किनकी किम पीटलाई भन्दा पनि आफ्ना सन्तानलाई ध्यान दिन चाहन्छिन् । किमको पूर्व पति कान्ये वेस्टबाट चार सन्तान छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिनिसियस जुनियरको जारी विश्वकपमा ‘थ्री आउट अफ थ्री’ को सानदार रेकर्ड
-
दिगो कृषि तथा खाद्य प्रणालीसम्बन्धी राष्ट्रिय सम्मेलन चितवनमा
-
अनैतिक गतिविधिमा संलग्न २४ जना नियन्त्रणमा
-
भोटिङ मेसिनमा उम्मेदवारको वरीयताप्रति गणेश कार्कीको आपत्ति
-
समूह ‘सी’ को निर्णायक भिडन्तमा ब्राजिल र स्कटल्याण्ड भिड्दै, नेयमार टोली बाहिर
-
स्वीट्जरल्याण्ड समूह विजेता बन्दा कतार बाहिरियो, बोस्नियाको भाग्य अन्य समूहको हातमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण