‘मिस्टर मोडल अफ द वर्ल्ड नेपाल’ को घोषणा

‘मिस्टर मोडल अफ द वर्ल्ड नेपाल–२०२२’ को हुने भएको छ । आयोजक संस्था प्याजेन्ट नेपाल इन्टरनेशनल र ब्राइट इभेन्ट म्यानेजमेन्टलेले शनिबार एक कार्यक्रमका बीच प्रतियोगिता घोषणा गरेको हो ।
प्रतियोगितामा पुरुषहरूले सहभागिता जनाउन सक्छन् । सहभागिताका लागि ‘मिस्टर मोडल अफ द वर्ल्ड’ को आधिकारिक फेसबुक पेजमा गएर आवेदन भर्न सकिनेछ । प्रतियोगिता विजेताले थाइल्याण्डको बैंककमा यही नोभेम्बर महिनामा आयोजना हुने ‘मिस्टर मोडल अफ द वर्ल्ड २०२२’ मा नेपालको प्रतिनिधित्व गर्नेछन्, जसमा विश्वका विभिन्न देशका मोडलहरु सहभागी हुनेछन् ।
यसअघि सन् २०१८ मा सम्पन्न उक्त प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरेका अभिनेता मोडल दिक्पाल कार्कीले मिस्टर ‘मोडल अफ द वल्र्ड– २०१८’ को उपाधि जित्न सफल भएका थिए । सन् २०१९ मा भने मनोज गुरुङले उक्त प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरेका थिए ।
विगतमा अन्य प्रतियोगितामा छनौट भएका मोडलहरु पनि मिस्टर मोडल अफ द वर्ल्डमा प्रतियोगी हुने गरेकोमा अबदेखि ‘मिस्टर मोडल अफ द वर्ल्ड नेपाल’ का विजेताले नेपालको तर्फबाट सहभागि हुन पाउने भएका छन् । ‘मिस्टर मोडल अफ द वर्ल्ड नेपाल’को अन्तिम प्रतियोगिता आगामी सेप्टेम्बर ३ मा हुनेछ ।
१८ देखि ३२ वर्ष उमेर समुहका नेपाली नागरिकले यो प्रतियोगितामा भाग लिन पाउनेछन् । विदेशमा रहेका नेपाली नागरिकले समेत प्रतियोगितामा भाग लिन पाउनेछन् । उचाई र शिक्षाको मापदण्ड तोकिएको छैन ।
विजेतालाई बैंककमा हुने ‘मिस्टर मोडल अफ द वर्ल्ड’ प्रतियोगितामा सहभागी हुनका लागि सबै खर्च ‘मिस्टर मोडल अफ द वर्ल्ड नेपाल’का आयोजकले नै व्यहोर्ने छन् । प्रतियोगिताको नेपालका इभेन्ट डाइरेक्टर मोडल दिक्पाल कार्की रहेका छन् भने क्रिएटिभ डाइरेक्टर मोडल अक्षय जंग रायमाझी रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अख्तियारले गरेको कामकारबाहीमा सरकारलाई दोष लगाउनु अनुचित: सञ्चारमन्त्री
-
बाँदर कुद्ने भिर अहिले पर्यटकको रोजाइमा
-
तीन कविता : 'झोला','भोला'र 'झोले'
-
सत्तापक्ष र प्रतिपक्ष दलबिच भएकाे छलफल निष्कर्षविहीन
-
विद्वान गुरुङले अधिवेशन गर्न सक्दैनन् भन्दै तरुण दलद्वारा मोटरसाइकल र्याली
-
पत्रकार हुँ भनी कर्मचारीलाई धम्काएर रकम असुल्ने नासुसहित ६ जनाविरूद्ध भ्रष्टाचार मुद्दा