बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

महेशपुर भन्सारको राजस्व २२ करोड ३३ लाख : गतवर्ष भन्दा पनि यसवर्ष कम

आइतबार, २२ साउन २०७९, १० : ४२
आइतबार, २२ साउन २०७९

नवलपरासीको महेशपुर भन्सार कार्यालयले एक वर्षमा २२ करोड बढि राजस्व संकलन गरेको छ । कार्यालयले आर्थिक बर्ष २०७८/०७९ मा कुल २२ करोड, ३३ लाख ४५ हजार ४६८ रुपैया राजस्व संकलन गरेको जानकारी दिएको छ ।

भन्सार कार्यालयले पैठारी महसुल तर्फ १२ करोड, ५१ लाख ७६ हजार ८२८ रुपैयाँ संकलन गरेको छ भने कृषि सुधार शुल्क तर्फ ४ करोड १६ लाख ९७ हजार ७०६ रुपैयाँ संकलन गरेको छ । त्यसैगरी पैठारी सेवा दस्तुर तर्फ १५ लाख २७ हजार अन्त शुल्क तर्फ २८ लाख ८७ हजार ५६१, मुल्य अभिबृद्धि तर्फ ४ करोड ८० लाख ९ हजार ४७८,  आयकर तर्फ ३८ लाख १० हजार ४९५ र प्रशासनिक सेवा शुल्कबाट २ लाख २६ हजार रुपैया संकलन गरेको महेशपुर भन्सार कार्यालय प्रमुख रामप्रसाद अर्यालले बताए ।

यो राजस्व गत वर्षको तुुलनामा कम रहेको छ । कार्यालयले गत बर्ष २६ करोड बढि राजस्व संकलन गरेको थियो जुन लक्ष्य अनुसार संकलन भएको थियो । यस वर्ष विभागले महेशपुर भन्सारलाई ४५ करोड राजस्व संकलन गर्न लक्ष्य दिएपनि सो लक्ष्यको ५० प्रतिशत पनि राजस्व उठ्न सकेन ।

राजस्व ह्रासमा मुख्य कारण नेपाल सरकारले एलसी बन्द गर्नु र उता भारत सरकारले चिनी, गहुँ, चामल, दाल लगायतका खाद्यान्न निर्यातमा रोक लगाउनु रहेको भन्सारले जनाएको छ । नेपाल सरकारले एलसी बन्द गर्दा विलासिताका सर–सामान आयात गर्न पाईएन जसले राजस्वमा ठुलो हस आएको देखिन्छ ।

अर्काे समस्या महेशपुर भन्सार ठुलो भन्सारमा स्तरउन्नती भएपनि यहाँ व्यपारीहरुको चाप बढन सकेन जसकारण कारोबारमा बृद्धि भएको छैन । भन्सारको आवश्यक भौतिक पुर्वाधार, बाटोघाटोको विकास नहुनु, प्लान्ट क्वारेन्टाईन, खाद्य विषादी परिक्षण केन्द्र स्थापना नहुनु र जनशक्तिको अभावले पनि यहाँ व्यपारीहरुको चाप नबढेको अनुमान गरिन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप