हास्य कलाकार गौतमको गाईजात्रे झटारो ‘लुटतन्त्र’ सार्वजनिक
गाईजात्रा नजिकिँदै गर्दा हास्य कलाकार घनश्याम गौतम (नक्कली प्रचण्ड) ले हास्य व्यङ्ग्यले भरिएको गाईजात्रे झटारो ‘लुटतन्त्र’ सार्वजनिक गरेका छन् । समसामयिक राजनीतिक विषयवस्तु र नेताहरुको काम माथि ‘लुटतन्त्र’ मा ब्यङ्ग्य गरिएको छ ।
‘डाँडाघरे साइली’ बोलको गीतमा प्यारोडी समेत बनाइएको ‘लुटतन्त्र’ को प्यारोडीमा गौतमकै शब्द तथा स्वर छ । ‘लुटतन्त्र’ मा सुभाष गजुरेल, कमल मैनाली, दमन रुपाखेती, घनश्याम गौतम, सुरेश तिमल्सिना, प्रेम शर्मा पौडेलले, सरिता राजोपाध्याय, गीता थापा, डम्बर घिमिरे, पशुपति दंगाल, विष्णु रोक्का, सविता खड्का, सानु घायल, सुरेन्द्र क्षेत्री, खगेन्द्र गुरागाईं, मनकुमार विश्वकर्मा सुलभ श्रेष्ठ लगायतको अभिनय लेख्न सकिन्छ ।
केशव अधिकारी खत्री निर्माता रहेको ‘लुटतन्त्र’ को प्यारोडीमा कोरियोग्राफर र सम्पादन प्रेम शर्मा पौडेलले गरेका हुन् भने लेखन, परिकल्पना तथा निर्देशन गौतमकै रहेको छ । ‘लुटतन्त्र’ भ्रष्टचार, महङ्गी, बेथिति र भ्रष्ट नेता तथा मन्त्रीहरुको भन्डाफोर भएको निर्देशक गौतमले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण