नेपाल र चीनका परराष्ट्र मन्त्रीबीच आज द्विपक्षीय वार्ता हुने
बुधबार, २५ साउन २०७९, ०८ : ४०
छिमेकी राष्ट चीनको भ्रमणमा रहेका परराष्ट्रमन्त्री डा. नारायण खड्का र चिनियाँ समकक्षी वाङ यीबीच आज द्विपक्षीय वार्ता हुने भएको छ । नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै मंगलबार राती चीन प्रस्थान गरेका मन्त्री खड्काले चिनियाँ समकक्षी वाङ यीसँग भेटवार्ता गर्न लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
चीनको छिङताओ सहरमा हुने वार्तामा नेपाल–चीन सम्बन्धका विभिन्न विषयबारे छलफल हुने बताइएको छ। नेपाली प्रतिनिधि मण्डलमा परराष्ट्रसहित, गृह, भौतिक पूर्वाधार, वाणिज्य र अर्थ मन्त्रालयका उच्च अधिकारी सहभागी छन्।
नेपाली टोलीको सम्मानमा चिनियाँ विदेश मन्त्री यीले आजै भोजको आयोजना पनि गर्दैछ । टोली बिहीबार स्वदेश फर्कने कार्यक्रम रहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जनार्दन शर्माले भने– आफू निकटलाई नभई विज्ञलाई प्राधिकरणको नेतृत्व दिने हो कि ?
-
नाटो शिखर सम्मेलनमा गएका सबै नेतालाई एर्दाेआनले दिए रिभल्भर उपहार
-
कर्णालीमा अन्तिम दिन १ अर्ब ५८ करोड भुक्तानी, १२ अर्ब ६२ करोड फ्रिज
-
दुई उपसमिति विपक्षीलाई दिएपछि टुङ्गियो लेखा समितिको ‘पावर स्ट्रगल’
-
कस्ता–कस्ता रेकर्ड बनाए एम्बाप्पेले?
-
बाढीले सयौँ विषालु सर्प बगाएपछि....
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण