‘हर्के हल्दार’ अब ‘रिटार हल्दार’ बन्ने
हर्के हल्दारको उपनामले परिचित कलाकार बिष्णु सापकोटा अब ‘रिटार हल्दार’ को रुपमा देखिने भएका छन् । नयाँ टेलिफिल्म ‘रिटार हल्दार’ मा उनी नयाँ भूमिकामा देखिन लागेका हुन् । आइतबार राजधानीमा एक कार्यक्रमका बीच निर्माण युनिटले टेलिफिल्मको विभिन्न पक्षबारे जानकारी दियो । सोही अवसरमा समसामयिक बिषयबस्तु र ताजा परिस्थितिलाई श्रृंखलाले प्रस्तुत गर्ने कार्यक्रममा जानकारी दिइयो ।
भद्र भुजेलको निर्देशन रहने टेलिफिल्ममा सापकोटाको अलवा स्वीकृति खरेल, लक्ष्मी तिमल्सिना, शिव शर्मा, पिताम्बर आचार्य, गीता ओली, प्रेम खतिवडा, रक्षा सापकोटा, यशोदा सापकोटा, लक्ष्मण नेपाल, सुरेश चौधरी, प्रत्यासी थापा, सानु तिमल्सिना लगायतका कलाकारको अभिनय देख्न सकिनेछ ।
कार्यक्रममा विशिष्ठ कलाकार नीर शाहले ‘रिटार हल्दार’ पोस्टर सार्वजनिक गर्दै टेलिफिल्मको शुभारम्भ गरेका थिए । मिटिभीका कार्यकारी निर्देशक रोशन पौडेल, कलाकार तथा निर्देशक लय संग्रौला, उत्तम केसी, मुकुन्द किशोर भट्टराई, जीतु नेपाल, दमन रुपाखेती, सुरेन्द्र केसी, शैलेन्द्र सिंम्खडा लगायतको उपस्थिति रहेको कार्यक्रममा सबैले श्रृंखलाको सफलताका लागि शुभकामना दिएका थिए ।
टेलिफिल्म सोमवार साँझ ८ बजे मिटिभीबाट प्रशारण हुनेछ । टेलिफिल्ममा गौतमराज खड्काको ग्राफिक्स, राज कार्कीको सम्पादन, कन्सेप्ट तथा स्क्रिप्ट बिष्णु सापकोटा, छायाँकन प्रवेश पोखरेल र संजय राई, शिर्ष गीत बसन्त सापकोटाको समेटिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण