‘द डर्टी पिक्चर’ को सिक्वेल बन्ने
फिल्म ‘द डर्टी पिक्चर’ को सिक्वेल बन्ने भएको छ । अभिनेत्री विद्या बालनलाई बलिउडमा स्थापित गर्ने यो फिल्ममा विद्याको अलवा नसिरुद्दीन शाह र इमरान हाशमीको समेत मुख्य भूमिका रहेको थियो ।
२०११ मा रिलिज यो फिल्मले चर्को विरोधका बाबजुत पनि राम्रो व्यवसाय गरेको थियो । फिल्म रिलिज भएको झण्डै एक दशकपछि यसको सिक्वेलको काम अगाडि बढेको छ । फिल्मको अहिले सिक्वेलको लागि स्क्रिप्टको काम सुरु भएको छ । फिल्मको काम सुरु भएपनि विद्यालाई भने सम्पर्क गरिएको छैन ।
‘द डर्टी पिक्चर’को कथा चर्चित अभिनेत्री सिल्क स्मिताको जीवनमा आधारित थियो । फिल्मले एक गाउँकी केटी हिरोइन बन्ने सपना लिएर चेन्नई भागेर फिल्मी दुनियाँमा रेशम बनेर फिल्म उद्योगमा कसरी राज गर्छिन् भन्ने देखाएको छ । तर, यो फिल्मको सिक्वेलको कथा अर्कै हुनसक्ने बताइएको छ ।
रिपोर्टका अनुसार यस फिल्ममा विद्या बालनको स्थानमा कृति सेनन वा तापसी पन्नु पनि हुनसक्नेछिन् । एकता कपुर लामो समयदेखि यो फिल्मको सिक्वेल बनाउने योजनामा थिए । यो वर्षको अन्त्यसम्ममा फिल्म सम्पन्न हुने अपेक्षा गरिएको छ । बालाजी मोशन पिक्चर्स र एकता कपुर यस फिल्मलाई लिएर निकै उत्साहित छन् । यसलाई २०२३ को पहिलो त्रैमासिकमा ल्याउने योजना छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वोच्चको फैसलापछि बूढानीलकण्ठ स्कुलले हटायो अनधिकृत टहरा
-
२०२६ विश्वकप अपडेट: ४८ मध्ये कुन-कुन राष्ट्र भए आउट ?
-
जीतपुरसिमरामा एक साताको अवधिमा सर्पदंशबाट दुई बालिकाको मृत्यु
-
‘देशको राजधानी काठमाडौँबाट सरेर चितवन गएको जस्तो देखियो’
-
देश जलाउने द्रोहीहरूलाई अब बन्ने न्यायिक आयोगले कारबाही गर्नुपर्छ : झाँक्री
-
५ केन्द्रीय सदस्यसहित ३३ नेता–कार्यकर्ताद्वारा विप्लव नेतृत्वको माओवादी छाडेको घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण