शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

शेखर कोइरालाले आयोजना गरेको चियापानमा जुटे जनप्रतिनिधि

बुधबार, ०१ भदौ २०७९, ११ : १०
बुधबार, ०१ भदौ २०७९

नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आयोजना गरेको चियापान कार्यक्रममा काँग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरु सहभागी भएका छन् । 

स्थानीय तहमा पार्टीको तर्फबाट निर्वाचित जनप्रतिनिधिहरुको सम्मानमा बत्तीसपुतलीको अनुपम फुडल्याण्डमा कोइरालाले आज चियापान कार्यक्रमको  आयोजना गरेका हुन् ।

नेपाली कांग्रेसले साउन ३० र ३१ गते ललितपुरको सानेपामा आयोजना गरेको दुई दिने अभिमुखीकरण कार्यक्रममा सहभागी हुन आएकाहरुका प्रतिनिधिलाई कोइरालाले चियापानमा सहभागी हुन आग्रह गरेका थिए । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप