अनुराग कश्यपले दुई पूर्व पत्नीसँगको फोटो पोष्ट गर्दै भने –‘मेरा आधार स्तम्भ’
हिन्दी फिल्मका निर्देशक अनुराग कश्यप यतिबेला आफ्नो आगामी फिल्म ‘दोबारा’ को प्रचार प्रसारमा व्यस्त छन् । फिल्म प्रवद्र्धनका क्रममा कश्यपले भर्खरै एउटा फोटो सेयर गरेर मानिसको मन जितेका छन्, जुन तस्बिरमा अनुराग उनका दुई पूर्व पत्नीसँग देखिन्छन् । तस्बिरमा अनुरागले ती दुईलाई आफ्नो स्तम्भको रूपमा इंगित गरेका छन् ।
अनुराग कश्यपले कल्की कोचलिन र आरती बजाजसँगको तस्बिर सेयर गर्दै क्याप्सनमा लेखेका छन्, ‘मेरा दुई स्तम्भहरू ’ । अनुरागले यो तस्बिर सेयर गरेपछि कश्यप र आरतीकी छोरी आलिया कश्यपले कमेन्ट गरेकी छन्–‘आइकोनिक ।’
अभिनेत्री कुब्रा सैतले कमेन्ट गरेकी छन्– ‘उत्तम’ । अनुराग कश्यपले सन् १९९७ मा आरती बजाजसँग विवाह गरेका थिए । विवाहको करिब १२ वर्षपछि दुई जना अलग भएका थिए । बजाजसँग सम्बन्ध विच्छेदपछि निर्देशकले सन् २०११ मा कल्कीसँग विवाह गरेका थिए । यो विवाह ४ वर्ष टिक्यो र सन् २०१५ मा दुईबीच सम्बन्धविच्छेद भयो ।
महिलासँग काम गर्न सजिलो : अनुराग
अनुरागले हालै एक अन्तर्वार्तामा महिला सहकर्मीसँगको कामको अनुभव लेख्दै भनेका छन् –‘महिलाहरूसँग काम गर्न र व्यवहार गर्न सजिलो हुन्छ । पुरुषहरूमा धेरै असुरक्षा हुन्छ । मलाई तापसी पन्नु, सैयामी खेर र अमृता सुभाससँग काम गर्न सजिलो लाग्छ । उनीहरूले मलाई धेरै विश्वास गर्छन् । पुरुष कलाकारहरू नयाँ छन् भने तिनले तपाईंलाई पूर्ण विश्वास गर्छन्, तर समयसँगै उनीहरूको असुरक्षा बढ्न थाल्छ ।’
अगस्ट १९ मा रिलिज हुँदैछ ‘दोबारा’
अनुरागले तेस्रोपटक तापसी पन्नुसँग आफ्नो आगामी फिल्म ‘दोबारा’ मा काम गरेका छन् । यसअघि उनले तापसीसँग मनमर्जियाँ र साँड की आँखमा काम गरिसकेका छन् ।
नयाँ युगको थ्रिलर अगस्ट १९ मा हलमा रिलिज हुँदैछ । यस फिल्ममा तापसी पावेल गुलाटीसँग स्क्रिन सेयर गर्दैछिन् । दुई कलाकारले अनुभव सिन्हाको फिल्म ‘थप्पड’ मा सँगै काम गरेका थिए । अनुराग कश्यपले निर्देशन गरेको ‘दोबारा’ एकता कपुर र सुनीर खेतरपालको निर्माणमा बनेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाकाे उपसभापतिमा साेविता गाैतम निर्वाचित
-
मधेसमा आँप खेतीकाे क्षेत्रफल बढे पनि उत्पादन घट्यो
-
रास्वपाको महामन्त्रीमा विपिन आचार्य निर्वाचित
-
बालबालिकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको अपिल, प्रधानमन्त्रीसँग सार्वजनिक जवाफको माग
-
बैंकिङ कसुर मुद्दामा १ करोड ४३ लाख बिगो भएका आरोपी पक्राउ
-
रास्वपा महाधिवेशन प्रतिनिधि धर्नामा, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण