भदौ १५ मा नमुना र २० गते समानुपातिकतर्फको मतपत्र छपाइ
जनकशिक्षा सामग्री केन्द्र लिमिटेडले यही भदौ १५ गतेबाट नमुना र २० गतेबाट सामानुपातिकतर्फको मतपत्र छपाइगर्ने भएको छ। मंगलबार दल दर्ता सकिएलगत्ते केन्द्रले मतपत्र छपाई गर्न गृहकार्य शुरू गरेको हो।
केन्द्रका प्रवक्ता चित्रकुमार आचार्यले शुरुमा नमुना मतपत्र छाप्ने र त्यसपछि निर्वाचन आयोगको निर्देशनअनुसार समानुपातिकतर्फको मतपत्र छपाइ शुरू गरिने जानकारी दिए । उनका अनुसार आयोगले मतपत्र छपाइ गर्न कागजको टेन्डर पूरा गरिसकेको छ भने केन्द्रले मसी, प्याकिङ गर्न कार्टून, डोरीलगायतका सामग्री तयारी गरेको छ।
प्रवक्ता आचार्यका अनुसार भदौ २० गतेबाट समानुपातिकतर्फको ४ करोड थान मतपत्र छपाइ हुँदै छ। इपाइ केन्द्रमा रहेको सुरक्षण मुद्रणालयको ४ वटा छापाखानामा हुनेछ र आवश्यक परे केन्द्रको अन्य मेसिन पनि प्रयोग गर्न सकिने गरी तयारी अवस्थामा राखिएको छ।
आयोगमा मंगलबार ८४ वटा दलले नाम दर्ता गराएको छ। आयोगले निर्वाचनमा सहभागीहुने दलको नाम सार्वजनिक गरेलगत्तै मतपत्र छपाइको काम शुरू हुनेछ। केन्द्रले आगामी मंसिर ४ गते हुने प्रदेश र संघको निर्वाचनमा ८ करोड मतपत्र छाप्ने गरी तयारी थालेको छ। यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बजेट संशोधनको माग गर्दै दोस्रो दिन पनि मधेस प्रदेशसभा अवरुद्ध
-
विष्णु पौडेललाई पक्राउ पुर्जी गर्ने कागजात नै अवैध भएको कानुन व्यवसायीहरूको जिकिर
-
राष्ट्रपतिले राजीनामा दिँदा राम्रो हुन्छ : प्रभु साह
-
स्वास्थ्य मन्त्रालय अन्तर्गतका कर्मचारीले कार्यालय समयमा सामाजिक सञ्जाल प्रयोग गर्न नपाउने
-
नेपाल प्रगतिशील प्राध्यापक संगठनले भन्यो– त्रिवि सेवा आयोगमा दलीय बफादारिताका आधारमा राजनीतिक नियुक्ति गरियो
-
प्रयोग नगरिएका एपहरू फोनको गोपनीयताको लागि हुन्छन् ठूलो खतरा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण