उत्पत्तिको प्रमाणपत्र लिने एक वर्षमै दोब्बर
निर्यात हुने वस्तुको उत्पादन प्रमाणीकरणका लागि जारी हुने उत्पत्तिको प्रमाणपत्र लिने उद्योगको संख्या दोब्बरले वृद्धि भएको छ। भारततर्फ वस्तु निकासीका लागि गत आर्थिक वर्षमा कुल १०५ उद्योगले उत्पत्तिको प्रमाणपत्र (सीओ) लिएका थिए, जुन अघिल्लो वर्षको तुलनामा झन्डै दोब्बर हो। अघिल्लो आव (२०७७/०७८) मा भने ५७ वटा उद्योगका लागि मात्र उत्पत्तिको प्रमाणपत्र जारी गरिएको थियो।
यसअघि भने उत्पत्तिको प्रमाणपत्र लिने उद्योगको संख्या भने स्थिरजस्तै थियो । आव २०७१/०७७ मा १५ र आव २०७५/०७७ मा ६१ उद्योगलाई उत्पत्तिको प्रमाणपत्र जारी भएको थियो।
उद्योग विभागलाई भारत निकासी हुने औद्योगिक वस्तुहरुको उत्पत्तिको प्रमाणपत्र जारी गर्ने जिम्मेवारी रहेको छ। विभागको योजना, अनुगमन तथा मूल्यांकन शाखाले यस्ता उद्योगहरुका हकमा उत्पत्तिको प्रमाणपत्र जारी गर्ने गर्छ जसका लागि तोकिएका कागजात नेपाल उद्योग वाणिज्य महासंघबाट प्राप्त हुनुपर्ने व्यवस्था रहेको छ।
उद्योगहरुको क्षमता खुलेको दर्ता कागजात तथा कच्चा पदार्थको प्रज्ञापनपत्र वा विल, उत्पादन फ्लो चार्ट लगायतका कागजात आवश्यक पर्छ। यो समाचार कारोबार दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्लाहीमा धारिलो हतियार प्रहार गरी हत्या गर्ने अभियुक्त पक्राउ
-
पेटमा क्यान्सर हुनुभन्दा अघि देखिन्छ यी ५ लक्षण
-
२५ करोड प्रकरण : केन्द्रीय कारागारबाट भागेका कुसाङ लामा पक्राउ
-
कास्की बन्यो पूर्ण खोप सुनिश्चितता जिल्ला घाेषणा
-
बागमतीको डिजिटल पीआईएस पोर्टल हस्तान्तरण, ६ हजार ८७१ कर्मचारी लाभान्वित हुने
-
‘स्त्री २’को सफलतापछि श्रद्धा कपुरले बढाइन् पारिश्रमिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण