२५ करोड प्रकरण : केन्द्रीय कारागारबाट भागेका कुसाङ लामा पक्राउ
काठमाडौँ । जेनजी प्रदर्शनको क्रममा सुन्धारा स्थित केन्द्रीय कारागारबाट भागेका कुसाङ लामा ‘फुच्चे’ लाई प्रहरीले पक्राउ गरेको छ ।
उनी २०८१ चैत ४ मा २५ करोड बराबरको युरो र डलर बोकेर सुन किन्न केरुङ जाँदै गरेको काठमाडौँको महांकालबाट पक्राउ परेका थिए ।
काठमाडौँ जिल्ला अदालतको आदेशले मुद्दा पुर्पक्षका लागी थुनामा रहेका फुच्चे जेनजी आन्दोलनमा २०८२ भदौ २४ मा कारागारबाट भागेका थिए ।
उनलाई काठमाडौँको गोकर्णेश्वर नगरपालिका–५ स्थित नारायणटारबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी शरत कुमार थापाले रातोपाटीलाई बताए ।
४३ वर्षीय फुच्चे सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–१ का स्थानीय हुन् । उनले चलाएको ना.७ ख १६५२ नम्बरको ट्रकबाट प्रहरीले २५ करोड बराबरको युरो र डलर बरामद गरेको थियो । कुसाङ २०७३ पुस १३ मा पनि सात केजी सुन सहित पक्राउ परेर ५ वर्ष जेल बसेर निस्केका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अटेरी १५ मेडिकल कलेज, अझै बुझाएनन् तीन करोड बढी बक्यौता
-
जित्नै लाग्दा हार्न पुगेका दुई अफ्रिकी टिम, पोर्चुगल र क्रोएसियामा कुन बलियो ? (भिडियो)
-
कर्णाली राजमार्गमा फेरि अर्को दुर्घटना
-
औषधि थोक विक्रेताले प्रमाणपत्र नवीकरण गर्दा लिखित सम्झौता अनिवार्य बुझाउनुपर्ने
-
रास्वपाका सांसदलाई डिजिटल प्लेटफर्मबारे अभिमुखीकरण दिइने
-
जेठमा २ हजार १८२ फरार प्रतिवादी पक्राउ, २३ करोड बढी जरिवाना असुल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण