‘जली एलएलबी–३’ मा दुई ‘जली’ आमनेसामने हुने
बुधबार, ०८ भदौ २०७९, १५ : ४८
‘जली एलएलबी’ र ‘जल एलएलबी २’ सफलतापछि निर्माताहरुले चलचित्रको तेस्रो संस्करण बनाउने तयारी गरेका छन् । मिडिया रिपोर्टअनुसार चलचित्रको तेस्रो संस्करणमा पहिलो संस्करणका ‘जली’ अरशद वारसी र दोस्रो संस्करणका ‘जली’ अक्षय कुमारलाई साथमा लिने तयारी भइरहेको छ । यसको साथै दुवै संस्करणमा न्यायाधीशको भूमिकामा देखिएका सौरभ शुक्लालाई पनि चलचित्रमा समावेश गरिने बताइएको छ ।
स्रोतलाई उद्धृत गर्दै भनिएको छ, ‘सुभाष कपुर, अक्षय कुमार र अरशद वारसी लामो समयदेखि जली एलएलबी ३ मा काम गरिरहेका छन् । दुवै जलीलाई ल्याउने गरी चलचित्रको कथावस्तु तयार गरिँदैछ ।’
हाल चलचित्रको स्क्रिप्टलाई अन्तिम रूप दिने काम भइरहेको र सन् २०२३ सम्ममा चलचित्रलाई रिलिज गर्ने तयारी भइरहेको छ । अक्षय र अरशदले यसअघि जानी दुश्मनः एक अनोखी कहानी र बच्चन पाण्डेमा सँगै काम गरिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रामकुमारी झाँक्रीको प्रश्न : संवैधानिक निकायले किन हैसियत गुमाए ?
-
सर्वोच्चको फैसलापछि बूढानीलकण्ठ स्कुलले हटायो अनधिकृत टहरा
-
२०२६ विश्वकप अपडेट: ४८ मध्ये कुन-कुन राष्ट्र भए आउट ?
-
जीतपुरसिमरामा एक साताको अवधिमा सर्पदंशबाट दुई बालिकाको मृत्यु
-
‘देशको राजधानी काठमाडौँबाट सरेर चितवन गएको जस्तो देखियो’
-
देश जलाउने द्रोहीहरूलाई अब बन्ने न्यायिक आयोगले कारबाही गर्नुपर्छ : झाँक्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण