शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

कार्यदललाई छिट्टै विस्तृत प्रतिवेदन ल्याउन शीर्ष नेताको निर्देशन

बिहीबार, ०९ भदौ २०७९, १२ : २६
बिहीबार, ०९ भदौ २०७९

सत्ता गठबन्धनका शीर्ष नेताहरुले  प्रतिनिधि र प्रदेशसभा निर्वाचन क्षेत्रको विस्तृत प्रतिवेदन बनाएर ल्याउन कार्यदललाई निर्देशन दिएका छन् ।

बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा पाँद दलका शीर्ष नेताले कार्यदलका सदस्यलाई उक्त निर्देशन दिएको सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीले रातोपाटीलाई बताए ।

उनले भने, ‘गृहकार्य गरेर कार्यदललाई छिट्टै विस्तृत प्रतिवेदन नेतृत्व तहमा बुझाउन निर्देशन भएको छ ।’ त्यसका लागि कार्यदलको बैठक ४ बजे बस्ने उनले बताए । साउन २२ गतेयता कार्यदलमा पटक पटक छलफल हुँदा पनि सहमति नभएपछि शीर्ष तहमा छलफल भएको थियो ।

शीर्ष नेताबीचको छलफलले पनि सिट बाँडफाँटको टुंगो लगाउन नसकेपछि कार्यदललाई विस्तृत विवरण पेस गर्न भनिएको छ । कार्यदलमा १६५ सिटमा कांग्रेसले ८५–९०, माओवादीले ४०–४५, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले १२–१५ को वरिपरि सिट पाउने गरी कार्यदलमा छलफल चलिरहेको नेताहरु बताउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप