कार्यदललाई छिट्टै विस्तृत प्रतिवेदन ल्याउन शीर्ष नेताको निर्देशन
सत्ता गठबन्धनका शीर्ष नेताहरुले प्रतिनिधि र प्रदेशसभा निर्वाचन क्षेत्रको विस्तृत प्रतिवेदन बनाएर ल्याउन कार्यदललाई निर्देशन दिएका छन् ।
बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा पाँद दलका शीर्ष नेताले कार्यदलका सदस्यलाई उक्त निर्देशन दिएको सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीले रातोपाटीलाई बताए ।
उनले भने, ‘गृहकार्य गरेर कार्यदललाई छिट्टै विस्तृत प्रतिवेदन नेतृत्व तहमा बुझाउन निर्देशन भएको छ ।’ त्यसका लागि कार्यदलको बैठक ४ बजे बस्ने उनले बताए । साउन २२ गतेयता कार्यदलमा पटक पटक छलफल हुँदा पनि सहमति नभएपछि शीर्ष तहमा छलफल भएको थियो ।
शीर्ष नेताबीचको छलफलले पनि सिट बाँडफाँटको टुंगो लगाउन नसकेपछि कार्यदललाई विस्तृत विवरण पेस गर्न भनिएको छ । कार्यदलमा १६५ सिटमा कांग्रेसले ८५–९०, माओवादीले ४०–४५, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले १२–१५ को वरिपरि सिट पाउने गरी कार्यदलमा छलफल चलिरहेको नेताहरु बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
-
कांग्रेसको इतर समूहले राष्ट्रिय भेला कसरी गर्छ ? यस्तो छ तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण