ओलीको अराजकताबाट देशलाई बचाउन सबै दल एक हुनुपरेको हो : मन्त्री चौधरी
शहरी विकासमन्त्री मेटमणि चौधरीले मंसिरमा हुने निर्वाचनमा एमालेले जितेमा देशको राजनीति फेरि रेड जोनमा जाने बताएका छन् ।
रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेश कार्यालय बुटवलले आज आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री चौधरीले नेकपा एमालेबाट कानुनी राज्यको धज्जी उडाउँदै संसदीय प्रणालीमा वितृष्णा ल्याउने काम भएकाले बाध्य भएर अन्य दलसँग गठबन्धन गर्नुपरेको बताए ।
एमालेका अध्यक्ष केपी ओलीले पटक पटक संविधानलाई विघटन गरेर मुलुकमा अराजकता फैलाउने काम गरेकाले संविधान विरोधी तत्वहरुबाट देश बचाउन पनि सबै पार्टीहरू एकजुट हुनुपरेको जिकिर गरे । उनले मुलुकमा संविधानलाई संस्थागत विकास गर्नको लागि गठबन्धन दलहरु बिजय हुनुपर्ने औंल्याए ।
एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य समेत रहेका चौधरीले मुलुक सम्बृद्धिको बाटो अघि बढिरहेको बेला फेरि मुलुकमा गोल चक्करमा पार्ने काम भएको भन्दै त्यसलाई चिर्न गठबन्धन आवश्यक रहेको बताए ।
शहरी विकास मन्त्री चौधरीले शहरी नीति विकास २०६४ पारित गर्ने तयारीमा रहेको बताउदै जनतालाई उपभोक्ता मार्फत विकास निर्माणका काममा जोडेर अगाडि जाने नीति सरकारको रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सचिव पुष्कर प्रधानमन्त्री कार्यालयको जगेडामा तानिए
-
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
-
परीक्षामा जफत गरिएका मोबाइल नष्ट प्रकरण : अभिभावकले जनाए आपत्ति
-
प्रहरीको प्राविधिक तर्फका ५ डीएसपीको सरुवा
-
एक दशकभित्र सय अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छ : अध्यक्ष पाण्डे
-
एसएसपी अमरेन्द्र सिंहको कार्य विभागमा काज सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण