एसिया कप : अफगानिस्तानसँग श्रीलङ्का स्तब्ध
आइतबार, १२ भदौ २०७९, ०९ : १६
एसिया कप २०२२ को पहिलो खेलमा अफगानिस्तानले श्रीलङ्कालाई ८ विकेटले पराजित गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको श्रीलङ्काले १९.४ ओभरमा १०५ रन मात्र बनाउन सक्यो । जुन अफगानिस्तानले ११ औँ ओभरको पहिलो बलमा सफलतापूर्वक पछ्यायो ।
अफगानिस्तानले श्रीलङ्कालाई टी–२० मा पराजित गरेको यो पहिलो पटक हो । अफगानिस्तानका लागि रहमानुल्लाह गुरबाजले सर्वाधिक ४० रन बनाए । त्यसैगरी हजरतुल्लाह जाजाईले अविजित ३७ रन बनाए । इब्राहिम जादरान १५ रन बनाएर रनआउट भए । नजिबुल्लाह जादरान दुई रनमा अविजित रहे ।
एसिया कपको पहिलो खेलमा श्रीलङ्काका ब्याट्सम्यानले लज्जास्पद प्रदर्शन गरे । भानुका राजपक्षले सर्वाधिक ३८ रन बनाए भने चमिका करुनारत्नेले ३१ रन बनाए । अफगानिस्तानका लागि फजलहक फारुकीले सर्वाधिक ३ विकेट लिए । मुजिब उर रहमान र मोहमद नाबीले २–२ ले विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विष्णु पौडेललाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतकाे अनुमति
-
गोविन्द कार्की मुख्यसचिव नियुक्त
-
औषधि आपूर्तिमा भ्रष्टाचार : निजामती कर्मचारी अस्पतालका फर्मासिस्ट र स्टोरकिपरसहित ८ जनाविरुद्ध मुद्दा
-
वैदेशिक रोजगार ऐन संशोधनको तयारी : मेनपावर कम्पनीलाई थप कडाइसहित यस्तो छ नयाँ व्यवस्था
-
सुदूरपश्चिममा बाढी–पहिरोबाट बर्सेनि ठुलाे क्षति, यस वर्ष पूर्वतयारी कति प्रभावकारी ?
-
गत आर्थिक वर्षमा ३,१९६ जना कर्मचारीले बुझाएनन् सम्पत्ति विवरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण