लागूऔषधसहित ३ जना पक्राउ
कास्कीको पोखरा र बाराको पथलैयाबाट प्रहरीले लागूऔषधसहित ३ जनालाई पक्राउ गरेको छ । पोखरा महानगरपालिका–३० स्थित पावरहाउस चोकबाट पक्राउ पर्नेमा लामाचौर घर भएका २२ वर्षीय अजय जिसी र चितवन घर भएका २५ वर्षीय समिर कोइराला छन् ।
वडा प्रहरी कार्यालय गगनगौंडाबाट खटिएको प्रहरीले भैरहवाबाट पोखरातर्फ आउँदै गरेको लु.१ ख ८१५७ नम्बरको बसमा सवार अजयको साथबाट नुर्फिन ७० एम्पुल, सोही परिमाणमा डाईजेपाम र फेनारगन बरामद गरेको छ ।
नारायणगढबाट पोखरा जाँदै गरेको ग.१ ख ३०६५ नम्बरको हाइसमा सवार समिरको साथबाट नुर्फिन १ सय एम्पुल, डाइजेपाम १ सय एम्पुल र सोही परिमाणमा फेनारगन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका–१ पथलैयाबाट पक्राउ पर्नेमा सिन्धुली घर भएका २४ वर्षीय पूर्ण प्रसाद दाहाल छन् । उनको साथबाट नाइट्रभेट ३ सय ट्याब्लेट सहित फेनारगन, नुर्फिन र डाइजेपाम बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । आरोपीको साथबाट प्रहरीले १ हजार ६ सय ६० पिस लागुऔषध बरामद गरेको छ । उनि बसमा कलैयाबाट काठमाडौं तर्फ जाँदै थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनीमा नवप्रवर्तन साझेदारीका ८ स्थानीय तहका परियोजना स्वीकृत
-
एमालेको प्रश्न– नयाँ रोजगारी सिर्जना गर्ने कि भइरहेको काम खोस्ने
-
चार दिन संसद् बैठकमा उपस्थित हुँदा प्रधानमन्त्री बालेन तीन विवादमा
-
सांसद लिमा अधिकारीको प्रश्न, ‘उधारो सेयर कारोबार र कृत्रिम मूल्यवृद्धि कसरी भयो?’
-
ऋण र बेरोजगारीका कारण युवाले आत्मदाह गर्ने स्थिति चिन्ताजनक : सांसद भाट
-
प्रि–आईपीओ अवैध चलखेल हो, थाहा पाउनेबित्तिकै कारबाही गर्छौँ: अध्यक्ष डा. भट्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण