आईसीसी विश्वकप ट्रफी नेपालमा आज सार्वजनिक गरिदै
आइतबार, १२ भदौ २०७९, १२ : ००
आईसीसी पुरुष टी-ट्वान्टी विश्वकप क्रिकेटको ट्रफी आज सार्वजनिक गरिने भएको छ । विश्व भ्रमण अन्तर्गत सोमबार नेपाल आइपुगेको ट्रफी मंगलबार सगरमाथाको आधार शिविर र गोक्यो तालमा प्रदर्शनी गरिने तालिका रहेपनि खराव मौसमका कारण प्रदर्शनी रोकिएको थियो ।
आज ट्रफीलाई पुन: सगरमाथा र गोक्यो पुर्याइने क्यानले जनाएको छ । अष्ट्रेलियामा आयोजना हुने विश्वकप क्रिकेटको ट्रफी सोमबार नेपाल आइपुगेको हो । ट्रफी बुधबार नै भक्तपुर दरबार स्क्वायरमा बिहान ११:३० बजेबाट प्रदर्शनीमा राखिने क्यानले जानकारी दिएको छ । आजै राष्ट्रपति तथा प्रधानमन्त्री कार्यलयमा समेत ट्रफी पुर्याइनेछ ।
टी-ट्वान्टी विश्वकपको ट्रफी पहिलो पटक नेपाल ल्याइएको हो । विश्वकपको १०० दिने ट्रफी टुर अन्तर्गत ट्रफी नेपाल ल्याइएको हो । ट्रफी विश्वको १३ राष्ट्रको ३५ स्थानमा प्रदर्शनी गरिँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विष्णु पौडेललाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतकाे अनुमति
-
गोविन्द कार्की मुख्यसचिव नियुक्त
-
औषधि आपूर्तिमा भ्रष्टाचार : निजामती कर्मचारी अस्पतालका फर्मासिस्ट र स्टोरकिपरसहित ८ जनाविरुद्ध मुद्दा
-
वैदेशिक रोजगार ऐन संशोधनको तयारी : मेनपावर कम्पनीलाई थप कडाइसहित यस्तो छ नयाँ व्यवस्था
-
सुदूरपश्चिममा बाढी–पहिरोबाट बर्सेनि ठुलाे क्षति, यस वर्ष पूर्वतयारी कति प्रभावकारी ?
-
गत आर्थिक वर्षमा ३,१९६ जना कर्मचारीले बुझाएनन् सम्पत्ति विवरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण