आर्सनलको लगातार पाँचौं जित
बिहीबार, १६ भदौ २०७९, ०७ : ४८
प्रिमियर लिग फुटबलमा आर्सनलले लगातार पाँचौं जित निकालेको छ । बुधबार राति भएको खेलमा आर्सनले एस्टन भिल्लालाई २–१ ले हराएको हो ।
घरेलु मैदानमा आर्सनलको जितमा ग्रावियल जिसस र ग्रावियल मार्टिनेलीले एक–एक गोल गरे । उता भिल्लाका लागि डुगलस लुइजले एक गोल फर्काए । खेलको ३०औं मिनेटमा जिससले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए । भिल्लाका लागि ७४औं मिनेटमा डुगलस लुइजले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।
७७ औं मिनेटमा मार्टिनेलीले गोल गर्दै आर्सनललाई २–१ गोलको जित दिलाए । लगातार पाँचौ जित निकाल्दै आर्सनलले १५ अंक जोडेको छ । आर्सनल तालिकाको शीर्ष स्थानमा छ । पराजित एस्टन भिल्ला ३ अंक जोडेर १९ औं स्थानमा छ ।
बुधबार राति नै भएको अर्काे खेलमा बर्नमाउथले उल्भ्ससँग गोलरहित बराबरी खेलेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विष्णु पौडेललाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतकाे अनुमति
-
गोविन्द कार्की मुख्यसचिव नियुक्त
-
औषधि आपूर्तिमा भ्रष्टाचार : निजामती कर्मचारी अस्पतालका फर्मासिस्ट र स्टोरकिपरसहित ८ जनाविरुद्ध मुद्दा
-
वैदेशिक रोजगार ऐन संशोधनको तयारी : मेनपावर कम्पनीलाई थप कडाइसहित यस्तो छ नयाँ व्यवस्था
-
सुदूरपश्चिममा बाढी–पहिरोबाट बर्सेनि ठुलाे क्षति, यस वर्ष पूर्वतयारी कति प्रभावकारी ?
-
गत आर्थिक वर्षमा ३,१९६ जना कर्मचारीले बुझाएनन् सम्पत्ति विवरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण