गल्कोपाखामा व्यापारीलाई पछ्याएर ९ लाख ५२ हजार चोरी, आरोपी पक्राउ
काठमाडौंको ठमेल स्थित गल्कोपाखामा एकजना व्यापारीलाई पछ्याएर चोरले ९ लाख ५२ हजार नगद चोरेका छन् । होटल व्यवसाय गर्ने व्यापारीलाई पछ्याएका आरोपीले घर पुगेर पैसा राखेपछि किचनबाट प्रवेश गरेर नगद चोरेर भागेका हुन् ।
चोरीमा संलग्न आरोपमा प्रहरीले नुवाकोटको ककनी घर भएर काठमाडौंको डल्लु बस्ने ४२ वर्षीय बुद्धि तामाङलाई पक्राउ गरेको छ । भदौ १३ मा राति साढे ३ बजे चोरेर भागेको १ घण्टापछि आरोपीलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले रातोपाटीलाई बताए ।
अनुसन्धानमा संलग्न अधिकारीहरुका अनुसार उनी व्यवसायीक चोर हुन् । आरोपीले ब्यापारीले होटल बन्द गरेर संकलित पैसा घर लाने गरेको पत्ता लगाएर घरमा पसेको प्रहरीको भनाइ छ । तर, आरोपीले प्रहरीसँग भनेका छन्–‘पछ्याएको थिइँन्, त्यतिकै छिर्दा ठुलो परिमाणमा नगद भेटियो ।’
घरधनीले थाहा पाएर हल्ला गरेपछि उनी ३ तला माथिबाट हामफालेर भागेका थिए । आरोपीबिरुद्ध चोरी मुद्दामा अदालतबाट म्याद लिएर अनुसन्धान भइरहेको एसपी मैनालीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मानसिक स्वास्थ्य सङ्कट समाधान गर्न ‘मानसिक स्वास्थ्य काउन्सिल’ गठन गर्न माग
-
नेपाल एसीसी महिला यू–१९ प्रिमियर कपको सेमिफाइनलमा
-
दीपक धामी लगायतलाई विनाशर्त रिहाइ गर्न युवा सङ्घको माग
-
लुम्बिनीमा नवप्रवर्तन साझेदारीका ८ स्थानीय तहका परियोजना स्वीकृत
-
एमालेको प्रश्न– नयाँ रोजगारी सिर्जना गर्ने कि भइरहेको काम खोस्ने
-
चार दिन संसद् बैठकमा उपस्थित हुँदा प्रधानमन्त्री बालेन तीन विवादमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण