स्कुलमै मनाइयो “इन्द्र जात्रा”
रथहरू लस्करै तानिएको छ । ती रथमा विराजमान छन्, जीवित देवी कुमारी, गणेश र भैरव । पछि पछि छन् पुलुकिसी, मजिपा लाखे आजु, सवभक्कु अनि बाजा बजाउँदै लाइनमा आएका परम्परागत पोसाकमा सजिएका अरू सहभागी ।
जात्रा हेर्नको लागि हरेक तलामा विद्यार्थीहरू उभिइरहेका छन् । आँखै झिमिक्क नगरी हरेक क्रियाकलाप नियालिरहेका छन् । कोही धिमे र भुस्याको तालमा मग्न भएर नाचिरहेका छन् त कोही होस्टे हैँसे गर्दै रथ तानिरहेका छन् ।
विद्यार्थीलाई इन्द्र जात्राको प्रमुख दिन हुने क्रियाकलाप प्रत्यक्ष रूपमा अनुभूत गराउनको लागि नक्सालमा रहेको बृहस्पति विद्या सदनमा शुक्रवार साङ्केतिक इन्द्र जात्रा आयोजना गरिँदाको दृश्य हो यो ।
अतिरिक्त क्रियाकलापमार्फत विद्यार्थीहरूमा संस्कृति प्रति अपनत्व बढाउनको लागि विद्यालयले हरेक वर्ष यस किसिमको कार्यक्रम आयोजना गर्दै आएको छ । अझ यो वर्ष इन्द्र जात्रा मनाउनुको कारण त्यहाँ अध्ययनरत ५ कक्षाका विद्यार्थीलाई इन्द्र जात्राको बारेमा उल्लेख भएको पाठ राम्रोसँग बुझाउनको लागि भएको विद्यालय प्रशासनले रातोपाटीलाई जानकारी दिएको छ ।
शुक्रबार तानिएको रथ पनि त्यहाँ अध्ययनरत विद्यार्थीहरूले हप्तौँ लगाएर तयार पारिएको विद्यालयले जानकारी दिएको छ ।



















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण