संघीय सरकारले साँघुरो मन गर्दा...
सहयोग हुँदा कतिसम्म खुम्चिनपर्छ' भन्ने ज्वलन्त उदाहरण बनेको छ, बाग्मती प्रदेश। प्रदेश सरकार स्थापना भएको पाँच वर्ष बित्नै लागिसक्यो । तर, संरचना अझै बन्न सकेको छैन । जग्गा विषय टुङ्गो लगाउन नसक्दा प्रदेश कार्यालय झ्याल झ्यालमै सीमित छन्। प्रदेश सरकारले हरेक वर्ष मन्त्रालय र मन्त्रीका लागि आवास निर्माण गर्न बजेट छुट्याउँछ । तर, जग्गामै अन्तिम निर्णय हुन नसक्दा फिल्डसम्म काम पुग्न पाएको छैन ।
बाग्मती प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय, विभिन्न मन्त्रालय, मन्त्री र सचिवका लागि आवास निर्माण गर्ने भनेर वषैपिच्छे बजेट छुट्याइन्छ । चालू आर्थिक वर्षमा पनि मुख्यमन्त्री कार्यालय, मन्त्रालय, मन्त्री र सचिवका लागि आवास निर्माण गर्नका लागि बजेट छुट्याइएको छ । तर, जग्गाको कुरा अझै संघीय सरकारबाट टुंगिएर आएको छैन । प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन मितिसमेत तोकिएको अवस्थामा यस वर्ष पनि भवन निर्माण अघि बढ्न सम्भावना छैन । कार्यकाल सकिन करिब तीन महिना मात्र बाँकी रहेको अवस्थामा प्रदेश सरकारले अझैसम्म 'प्रादेशिक संरचना' निर्माण गर्ने जग्गा प्राप्त गर्न सकेको छैन। आजको राजधानी दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राम मन्दिरबाट दान चोरी प्रकरण: अनुसन्धानको जिम्मा सीबीआईलाई दिने तयारी
-
विमानस्थलबाट व्यापारी पक्राउ, जुत्ता र कपडा भनेर कार्गोमा सुनचाँदीका गहना अमेरिका लैजाने प्रयास
-
पूर्वमन्त्री बस्नेतसहित १६ जना विरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ सुरु
-
किभमा रूसको मिसाइल र ड्रोन आक्रमणमा कम्तीमा ८ जनाको मृत्यु
-
नगरसभाले पारित गर्यो ललितपुर महानगरको बजेट
-
६ जिल्लाका साना नदीहरूमा आकस्मिक बाढीको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण