सुर्खेत–२ मा प्रतिनिधिसभाका लागि पूर्वमन्त्रीसहित ४ जनाको नाम सिफारिस
पूर्वमन्त्री हृदयराम थानी सुर्खेत क्षेत्र–२ बाट प्रतिनिधिसभाका उम्मेदवारका लागि सिफारिस भएका छन् । नेपाली कांग्रेसको क्षेत्रीय कार्यसमितिले थानीसहित चार जनाको नाम सिफारिस गरेको छ । यस्तै श्याम भारती, निरञ्जन केसी र कलमबहादुर खत्रीको नाम पनि प्रतिनिधिसभाको उम्मेदवारका लागि सिफारिस गरिएको हो ।
संस्थापन इत्तर पक्षका नेता थानी बलियो उम्मेदवार हुन् । उनी यही क्षेत्रबाट ०५१ सालदेखि निरन्तर चुनाव लड्दै आएका छन् । यद्यपि सुर्खेतमा योपटक संस्थापन पक्षको दवाब बढी छ । सुर्खेतमा कांग्रेसभित्रको इत्तर पक्षबाट थानी र संस्थापन पक्षबहादुर पूर्णबहादुर खड्काबीच निकै प्रतिस्पर्धा हुने गरेको छ ।
खड्का राष्ट्रिय राजनीतिमा शक्तिशाली भन्दै गएपछि थानी भने कमजोर हुँदै गएका छन् । थानी लगातार ०५१, ०६४ र ०७४ सालको निर्वाचनमा पराजित भएका थिए । ०७४ मा थानीलाई एमालेका नवराज रावतले पराजित गरेका थिए । रावत ३७ हजार ४४७ मतसहित विजयी हुँदा थानी २८ हजार ६४६ मतमा समिति रहेमा थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के एमबाप्पेको पेनाल्टी शैलीमै समस्या आएको हो ?
-
मधेसमा बढ्दो मानसिक स्वास्थ्य सङ्कट, उपचारभन्दा अझै अन्धविश्वासमा भरोसा
-
काभ्रेको नमोबुद्धमा खाद्यको अनुगमन: भान्छामा भेटियो साङ्लादेखि अखाद्य वस्तुसम्म
-
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो
-
इतिहासलाई पर्यटनसँग जोड्दै लमजुङको हरसिङडाँडा
-
राताेपाटीकर्मी आचार्यसहित चार पत्रकार पुरस्कृत हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण