शुक्रबार, २६ असार २०८३
ताजा लोकप्रिय

सुर्खेत क्षेत्र–२ मा माओवादीबाट को-को भए सिफारिस ?

शनिबार, १८ भदौ २०७९, १८ : ०८
शनिबार, १८ भदौ २०७९

नेकपा (माओवादी केन्द्र) सुर्खेतले धमाधम उम्मेदवारको सिफारिस गर्ने कामलाई अगाडि बढाएको छ । जस अन्तर्गत शनिबार क्षेत्र नं.–२ बाट प्रतिनिधि सभाको उम्मेदवारका लागि झकबहादुर मल्ल (सुदीप)को नाम सिफारिस गरिएको छ । माओवादीका जिल्ला इञ्चार्ज एवं केन्द्रीय सदस्य मल्ल पहिलो पटक निर्वाचनमा भाग लिने तयारीमा छन् । यस्तै समानुपातिक तर्फ पुष्पा घर्ती विष्टको नाम सिफारिस भएको छ । हाल प्रदेश सरकारको उपसभामुख रहेकी उनी ०७४ मा प्रदेश सभा तर्फ समानुपातिक सांसद बनेकी थिइन् । 

यस्तै माओवादीले शनिबार नै प्रदेश सभातर्फ पनि उम्मेदवारको नाम सिफारिस गर्ने क्रम चलिरहेको छ । अहिलेसम्म क्षेत्र नं.– २ (क) र (ख) , क्षेत्र नं.–१ को (क) को टुङ्गो लागिसकेको जिल्ला इञ्चार्ज मल्लले रातोपाटीलाई जानकारी दिए । उनका अनुसार क्षेत्र नं.–१ को प्रतिनिधि सभा उम्मेदवार र १ (ख) को बाँकी छ । क्षेत्र नं.–२ (क) मा रत्नबहादुर गाह मगर सर्वसम्मत सिफारिस भएका छन् भने (ख) मा तीन जनाको नाम सिफारिस भएको छ ।

प्रदेश सभाका लागि (ख) मा विन्दमान विष्ट, पञ्चा सिंह र गंगाराम विकको नाम सिफारिस भएको छ । तीन जना मध्ये विष्ट सम्भावित प्रमुख उम्मेदवार हुन्। ०७४ मा प्रदेश सभा सदस्य जितेका उनी यसअघि सरकारको अर्थमन्त्री भइसकेका छन् भने प्रदेश मुख्यमन्त्रीको आकाङ्क्षी हुन् । ०७४ को निर्वाचनमा उनले १५ हजार ६४८ मत प्राप्त गरेका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका तप्तबहादुर विष्टले १२ हजार ४७७ मत प्राप्त गरेका थिए । यस्तै क्षेत्र नं.–१ (क) बाट प्रदेश सभाका लाािग कृष्णबहादुर जिसीको नाम सिफारिस भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप