अध्यक्ष तिमिल्सिना र यूएई संसद्का उपाध्यक्षबीच भेट
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र संयुक्त अरब इमिरेट्स (यूएई) संसद्का उपाध्यक्ष मोहम्मद अहमद अल यामाहीबीच शिष्टाचार भेट भएको छ । शनिवार निजी निवासमा अध्यक्ष तिमिल्सिना र संयुक्त अरब इमिरेट्स (यूएई) संसद्का उपाध्यक्ष यामाहीबीच शिष्टाचार भेट भएको हो ।
भेटमा दुवै पक्षबाट नेपाल र यूएईबीचको सम्बन्धलाई थप सुमधुर बनाउने बारेमा कुराकानी भएको थियो । साथै यूएईको तर्फबाट उपाध्यक्ष याहामीले नेपालमा ठुलो लगानी गर्न इच्छुक रहेको बताए । त्यस्तै उनले दुई देशबीच मिलेर काम गर्दा सम्बन्धले झनै उचाइ छुने र युएईले नेपालमा लगानी गरेको खण्डमा नेपालीहरूको रोजगारीको अवसर जुट्ने जिकिर गरे ।
अध्यक्ष तिमिल्सिनाले नेपाल यूएईको सहयोग लिएर काम गर्न तयार रहेको बताए । भेटपछि सञ्चारकर्मीहरूसँगको संक्षिप्त कुराकानीमा नेपाल मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले भेटमा नेपालमा व्यापारको लगानीदेखि नेपालका लागि सहयोग र दुई देशबीचको सम्बन्ध राम्रो बनाउने विषयमा छलफल भएको जानकारी दिए । यामाही दुई महिनापछि अरब मुलुकका २२ देश सदस्य रहेको अरब लिगको महासचिव नियुक्त हुँदैछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेश सभा बैठक बस्दै , बजेट पारित गराउने अन्तिम प्रयास
-
सेमीफाइनल प्रवेशका लागि अर्जेन्टिना र स्विट्जरल्यान्डबिच प्रतिस्पर्धा सुरु
-
आज कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल
-
सेमिफाइनल यात्राका लागि साबिक विजेता अर्जेन्टिना र स्विट्जरल्यान्ड भिड्दै
-
देशभर मनसुनी वायुको प्रभाव, यी तीन प्रदेशमा अति भारी वर्षाको सम्भावना
-
करियरदेखि प्रेमसम्म: हेर्नुहोस् तपाईंको साप्ताहिक राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण