मिलान डर्बी : एसी मिलानको रोमाञ्चक जित
इटालियन सिरी ए फुटबलको मिलान डर्बी भिडन्तमा एसी मिलानले इन्टर मिलानलाई ३–२ गोल अन्तरले हराएको छ । शनिबार राती भएको खेलमा मिलान १–० गोलले पछि रहेको नतिजालाई उल्टाउँदै जित निकालेको हो ।
घरेलु मैदानमा भएको खेलमा मिलानलाई जित दिलाउन राफल लियोले दुई गोल गरे । त्यस्तै ओलिभर जिरुडले एक गोल गरे । यता इन्टरका लागि मार्सेलो ब्रोजोभिक र इडिन जेकोले एक–एक गोल गरे ।
खेलको २१ औं मिनेटमा ब्रोजोभिकले गोल गर्दै इन्टरलाई अग्रता दिलाएका थिए । मिलानका लागि राफेलले खेलको २८ औं मिनेटमा गोल गर्दै मिलानलाई १–१ गोलको बराबरीमा ल्याए ।
ओलिभर जेरुडले खेलको ५४ औं मिनेटमा गोल गर्दै मिलानलाई २–१ को अग्रता दिलाए । ६० औं मिनेटमा लियोले व्यक्तिगत दोस्रो गोल गर्दै मिलानलाई ३–१ को अग्रता दिलाए ।
इन्टरका लागि जेकोले ६७ औं मिनेटमा गोल गरेपनि मिलानले ३–२ गोलको जित हात पार्यो । जितसँगै मिलान ५ खेलमा ११ अंक जोडेर अंक तालिकाको शीर्ष स्थानमा छ ।
पराजित इन्टर ९ अंक जोडेर पाँचौं स्थानमा छ । शनिबार राती नै भएको अर्काे खेलमा नापोलीले लाजियोमाथि २–१ गोलको जित निकालेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विष्णु पौडेललाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतकाे अनुमति
-
गोविन्द कार्की मुख्यसचिव नियुक्त
-
औषधि आपूर्तिमा भ्रष्टाचार : निजामती कर्मचारी अस्पतालका फर्मासिस्ट र स्टोरकिपरसहित ८ जनाविरुद्ध मुद्दा
-
वैदेशिक रोजगार ऐन संशोधनको तयारी : मेनपावर कम्पनीलाई थप कडाइसहित यस्तो छ नयाँ व्यवस्था
-
सुदूरपश्चिममा बाढी–पहिरोबाट बर्सेनि ठुलाे क्षति, यस वर्ष पूर्वतयारी कति प्रभावकारी ?
-
गत आर्थिक वर्षमा ३,१९६ जना कर्मचारीले बुझाएनन् सम्पत्ति विवरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण