पीएसजीको जितमा एम्बाप्पेको दुई गोल
आइतबार, १९ भदौ २०७९, ०८ : २५
केलियन एम्बाप्पेले दुई गोल गर्दा फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले नान्तेसलाई ३–० गोल अन्तरले हराएको छ । शनिबार राती भएको पीएसजीको जितमा केलियन एमबाप्पेले दुई गोल गरे । त्यस्तै नुनो मेन्डिसले एक गोल गरे ।
नान्तेसको घरेलु मैदानमा खेलको १८ औं मिनेटमा एमबाप्पेको गोल मार्फत पीएसजीले सुरुआती अग्रता दिएको थियो । नान्तेस खेलको २४ औं मिनेटमा १० खेलाडीमा समेटियो । नान्तेसका फाबियोले रातो कार्ड पाएर बाहिरिए । ५४ औं मिनेटमा एमबाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै पीएसजीको अग्रता दोब्बर पारे ।
६८ औं मिनेटमा नुनोले गोल गर्दै पीएसजीलाई ३–० को जित दिलाए । जितसँगै पीएसजीले ६ खेलमा १६ अंक जोडेर शीर्ष स्थानमा यथावत रहेको छ । पराजित नान्तेस ६ अंक जोडेर दशौँ स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विष्णु पौडेललाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतकाे अनुमति
-
गोविन्द कार्की मुख्यसचिव नियुक्त
-
औषधि आपूर्तिमा भ्रष्टाचार : निजामती कर्मचारी अस्पतालका फर्मासिस्ट र स्टोरकिपरसहित ८ जनाविरुद्ध मुद्दा
-
वैदेशिक रोजगार ऐन संशोधनको तयारी : मेनपावर कम्पनीलाई थप कडाइसहित यस्तो छ नयाँ व्यवस्था
-
सुदूरपश्चिममा बाढी–पहिरोबाट बर्सेनि ठुलाे क्षति, यस वर्ष पूर्वतयारी कति प्रभावकारी ?
-
गत आर्थिक वर्षमा ३,१९६ जना कर्मचारीले बुझाएनन् सम्पत्ति विवरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण