बायर्न बराबरीमा रोकियो
साविक विजेता बायर्न म्युनिख जर्मन बुन्डेस लिगा फुटबलमा युनियन बर्लीनसँग १–१ गोलको बराबरीमा रोकिएको छ । शनिबार राती बर्लीनको घरेलु मैदानमा भएको खेलमा बायर्नले बराबरी खेल्दै अंक बाडेको हो ।
खेलमा सुरुवाती अग्रता बर्लीनले लिएको थियो । खेलको १२ औं मिनेटमा सेराल्डो बेकरले गोल गर्दै बर्लीनलाई अग्रता दिलाएका थिए । बायर्नका लागि खेलको १५ औं मिनेटमा जोसुवा किमिचले गोल गर्दै टिमलाई हारबाट जोगाए ।
बराबरीसँगै बायर्नले ५ खेलमा ११ अंक जोडे तालिकाको तेस्रो स्थानमा छ । पराजित बर्लीन ११ अंक जोडेर चौंथो स्थानमा छ ।
शनिबार राति नै भएको अर्काे खेलमा बोरुसिया डर्टमण्डले होफेनहाइमलाई १–० ले हराएको छ । डर्टमण्डलाई जित दिलाउन मार्को रिउसले १६ औं मिनेटमा निर्णायक गोल गरे ।
जितसँगै डर्टमण्डले ५ खेलमा १२ अंक जोडेर डर्टमण्ड दोस्रो स्थानमा छ । पराजित होफेनहाइम ९ अंक जोडेर तालिकाको छैटौं स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विष्णु पौडेललाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतकाे अनुमति
-
गोविन्द कार्की मुख्यसचिव नियुक्त
-
औषधि आपूर्तिमा भ्रष्टाचार : निजामती कर्मचारी अस्पतालका फर्मासिस्ट र स्टोरकिपरसहित ८ जनाविरुद्ध मुद्दा
-
वैदेशिक रोजगार ऐन संशोधनको तयारी : मेनपावर कम्पनीलाई थप कडाइसहित यस्तो छ नयाँ व्यवस्था
-
सुदूरपश्चिममा बाढी–पहिरोबाट बर्सेनि ठुलाे क्षति, यस वर्ष पूर्वतयारी कति प्रभावकारी ?
-
गत आर्थिक वर्षमा ३,१९६ जना कर्मचारीले बुझाएनन् सम्पत्ति विवरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण