हिमचितुवा घिमिरे 'के वान वर्ल्ड जिपी २०२२' को सेमिफाइनलमा भिड्दै
‘के वान वल्र्ड जिपी २०२२’ प्रतियोगिताको सेमिफाइनलमा नेपाली युवा बक्सर अविरल घिमिरे र थाइल्याण्डका बक्सर जोमथोङ चुवात्नाबीच भीडन्त हुने भएको छ । जापानको योकोहामा सहरस्थित एरिना सेन्टरमा यही भदौ २६ गते आयोजना हुने ७० केजी तौल समूहको उक्त सेमिफाइनलमा ‘हिमालयन चितुवा’ नामले विश्वप्रसिद्ध घिमिरेले जोमथोङलाई रिङमा पराजित गरेमा उहाँ ‘के वान वर्ल्ड च्याम्पियन’ उपाधिका लागि फाइनलमा पुग्नेछन् ।
उनले फाइनलमा जापानका विश्वच्याम्पियन बक्सर वाजिमा हिरोमीसँग प्रतिष्पर्धा गर्नेछन् । हिमचितुवाले प्रशिक्षणका क्रममा आफ्नो सामाजिक सञ्जालमा प्रतिस्पर्धीले के–कति खेल खेलेको छ वा जित हासिल गरेको छ भन्दा पनि उसको कमजोरी पत्ता लगाई मेहेनतका साथ विगतका खेलको कमजोरीलाई दोहोरिन नदिई रिङमा उत्रने जानकारी दिए ।
उनले भने, “जस्तोसुकै प्रतिस्पर्धी भए पनि खेलमा कहिले पनि आत्मसमर्पण गरी झुक्दिनँ । मेरो लक्ष्य भनेको खेल जित्नु र नेपालको झण्डा फरफराउनु हो । मेरो खेल हेर्न उपस्थित नेपाली दर्शकको मलाई हौसला र प्रेरणा आवश्यक हुन्छ । हलमा उपस्थित नेपालीसहित अन्य दर्शकले गर्ने मायाले मलाई खेलमा जोश र थप ऊर्जा मिल्ने गर्दछ ।”
युवा पुस्ताका चर्चित २२ वर्षीय बक्सर हिमचितुवाले सानै उमेरदेखि ऐतिहासिक सफता हासिल गर्दै आइरहेका छन् । उनले हालसम्म १७ अन्तर्राष्ट्रिय किक बक्सिङ प्रतिस्पर्धा भिडन्त गर्दा १३ प्रतियोगितामा नकआउटद्वारा र एक खेल अङ्कका आधारमा ऐतिहासिक जीत निकाली अन्तर्राष्ट्रिय रेकर्ड कायम गरिसकेका छन् । जसमा ‘हिट प्राफेसलन किक बक्सिङ’ १३ भिडन्तमा शतप्रतिशत सफलता हासिल गर्न सफल भएका छन् भने चारपटक ‘हिट च्याम्पियनसिप’ को ‘बेल्ट च्याम्पियन’ भई अन्तर्राष्ट्रिय रेकर्डसमेत राखिसकेका छन् । ‘केवान प्रोफेसनल किक बक्सिङ’ मा भने चार भीडन्तमध्ये दुईमा नकआउट गर्दै प्रतिस्पर्धा आफ्नो पक्षमा ल्याएका हुन् ।
खेल जीवनको यात्रामा हिमचितुवाका पिता देव घिमिरे मुख्य प्रशिक्षक रही आफ्नो छोरालाई निरन्तर पाँच वर्षदेखि प्रशिक्षण दिँदै आएका छन् । चन्द्रागिरि नगरपालिका–१२ गुर्जुधारा निवासी हिमचितुवा विगत पाँच वर्षदेखि जापानको नागोया सहरमा बस्दै आइरहेका छन् ।
देव स्वयं लामो समयपूर्व क्युकोसिन फुल कन्ट्याक खेलका अन्तर्राष्ट्रिय खेलाडी हुन् । उनी सन् २००४ मा के वान खेल्ने पहिलो दक्षिण एसियाली खेलाडी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विष्णु पौडेललाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतकाे अनुमति
-
गोविन्द कार्की मुख्यसचिव नियुक्त
-
औषधि आपूर्तिमा भ्रष्टाचार : निजामती कर्मचारी अस्पतालका फर्मासिस्ट र स्टोरकिपरसहित ८ जनाविरुद्ध मुद्दा
-
वैदेशिक रोजगार ऐन संशोधनको तयारी : मेनपावर कम्पनीलाई थप कडाइसहित यस्तो छ नयाँ व्यवस्था
-
सुदूरपश्चिममा बाढी–पहिरोबाट बर्सेनि ठुलाे क्षति, यस वर्ष पूर्वतयारी कति प्रभावकारी ?
-
गत आर्थिक वर्षमा ३,१९६ जना कर्मचारीले बुझाएनन् सम्पत्ति विवरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण