भारत र पाकिस्तान भिड्दै
एसियाकप क्रिकेट अन्तर्गत सुपर चारको आफ्नो पहिलो खेलमा भारतले पाकिस्तानको सामना गर्दैछ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने भारत र पाकिस्तानबीचको खेल नेपाली समय अनुसार साँझ ७ः४५ मा सुरु हुनेछ ।
आजको खेलमा पाकिस्तान समूह चरणमा बेहोरेको हारको बदला लिन चाहन्छ । भारत र पाकिस्तान समूह ‘ए’ को पहिलो खेलमा भिडेका थिए । उक्त खेलमा भारतले पाकिस्तानमाथि ५ विकेटको जित निकालेको थियो ।
भारत आजको खेलमा पनि सोही लयलाई कायम राख्ने योजनामा छ । यता पाकिस्तान भने भारतलाई हराउँदै सुखद सुरुवात गर्ने योजनामा छ ।
पाँच पटकको विजेता टोली यो पटक पनि च्याम्पियन बन्ने योजनामा छ । भारतले समूह चरणको पहिलो खेलमा पाकिस्तानलाई हराएको थियो भने दोस्रो खेलमा हङकङलाई हराएको थियो ।
यता दुई पटकको विजेता पाकिस्तान यो पटक पनि उपाधि दावेदार टोली हो । भारत र पाकिस्तानबीच हालसम्म एसिया कपमा १५ खेलहरु भएका छन् । जसमा भारत बलियो देखिएको छ ।
भारतले १५ मध्य ९ खेलमा जित निकालेको छ । बाँकी खेलमा ५ खेलमा पाकिस्तानले जित निकालेको छ । दुई टोलीबीचको एक खेलको नतिजा भने आएको थिएन ।
दुई टोलीबीचको नतिजा नआएको खेल सन् १९९७ मा कोलम्बोमा भएको खेल हो । पाकिस्तानमाथि बलियो भएको भारत आजको खेलमा पनि आफूलाई बलियो सावित गर्ने योजनामा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विष्णु पौडेललाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतकाे अनुमति
-
गोविन्द कार्की मुख्यसचिव नियुक्त
-
औषधि आपूर्तिमा भ्रष्टाचार : निजामती कर्मचारी अस्पतालका फर्मासिस्ट र स्टोरकिपरसहित ८ जनाविरुद्ध मुद्दा
-
वैदेशिक रोजगार ऐन संशोधनको तयारी : मेनपावर कम्पनीलाई थप कडाइसहित यस्तो छ नयाँ व्यवस्था
-
सुदूरपश्चिममा बाढी–पहिरोबाट बर्सेनि ठुलाे क्षति, यस वर्ष पूर्वतयारी कति प्रभावकारी ?
-
गत आर्थिक वर्षमा ३,१९६ जना कर्मचारीले बुझाएनन् सम्पत्ति विवरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण