‘कमेडी क्लब विथ च्याम्पियन्स’ अब विक्की अग्रवालले निर्देशन गर्ने
कमेडी रियालिटी शो ‘कमेडी क्लब विथ च्याम्पियन्स’ अब विक्की अग्रवालले निर्देशन गर्ने भएका छन् । ‘कमेडी क्लब विथ च्याम्पियन्स’ को टिमले आइतबार सफलताको सेलिब्रेशन गर्न आयोजना गरिएको शो कार्यक्रममा यो जानकारी दिइएको हो ।
पहिलेको १० भागसम्म विक्कीले नै निर्देशन गरेको शो को बाँकी भाग विशालले अगाडि बढाएका थिए । शो प्रसारणको २६ भाग पुगेको अवसरमा केक समेट काटिएको थियो । तर, अब बाँकी भाग विक्कीले नै सुरु गर्ने भएका हुन् ।
कार्यक्रममा शोका निर्देशक विशाल भण्डारीले सुरुवातमा कार्यक्रमलाई अगाडि बढाउन केही गाह्रो भएपनि अहिले दर्शकको माया पाउँदा खुशी लागेको बताए । सुरुवातमा युट्युबमै भ्युज नपाउँदा समस्या भएपनि अहिले हरेक शो १० लाख भन्दा बढीले युट्युबमा हेरेको भन्दै उनले नयाँ नयाँ सोचका साथ शोलाई अगाडि बढाउने बताए ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा पुगेका हाँस्य कलाकार दीपकराज गिरीले भने–‘पहिलो भागमा म अतिथिको रुपमा पुगेको थिएँ । सो समयमा कलाकारहरुले मलाई हसाउन सकेनन् । तर, अहिले शो गज्जब तरिकाले अगाडि बढिरहेको छ । यो शोमा सहभागी भाइ बहिनीहरुको प्रगति देखेर खुशी लागेको छ ।’
यस्तै, शोकी अध्यक्ष दीपाश्री निरौलाले पनि नयाँ पुस्ताले कमेडीलाई नयाँ तरिकाले अगाडि बढाएको भन्दै खुशी व्यक्त गरिन् । उनले शोमा काम गर्दा पारिवारिक वातावरणमा रमाइलो शैलीमा काम गर्ने गरेको पनि खुलाइन् । शोमा सुमन कार्की, कैलास कार्की, पवन भट्टराई, उषा रजक, उमेश राई, साजन श्रेष्ठ, विक्की अग्रवाल, मेक्सम गौडेलले आफ्नो प्रस्तुति दिँदै आएका छन् । सफलता सेलिव्रेशन कार्यक्रममा सबै कलाकारहरुले दर्शकले दिएको माया कारण हरेक साता केही नयाँ गर्न मन लाग्ने सुनाए ।
कि एड्भटाइजिङ र थर्ड आई प्रोडक्शनसँग मिलेर यो शो निर्माण गरेको हो । यो शो आउँदो बर्षको असार मसान्तसम्म चल्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
२ प्रतिक्रिया
भर्खरै
-
२०२६ विश्वकपमा चम्मिन तयार १२ किशोर खेलाडी
-
बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी
-
पश्चिम बंगालमा बुलेट ट्रेन परियोजना घोषणा
-
घानामा आलोचकहरूको बढ्दो गिरफ्तारी, अभिव्यक्ति स्वतन्त्रतामाथि चिन्ता
-
प्रधानमन्त्रीको बालेनको अभिव्यक्तिविरुद्ध श्रम संस्कृति पार्टीको प्रदर्शन
-
विश्वभरका साना जलाशयको क्षमता घट्दै : अध्ययन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण