हुण्डाईको अफरका विजेतालाई पुरस्कार हस्तान्तरण
सोमबार, २० भदौ २०७९, १५ : ३७
हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले गत वर्ष दशैं तिहारको उपलक्ष्यमा ल्याएको ‘हुण्डाई फेस्टिभ डिलाइट २०७८’ अफरका बम्पर विजेतालाई पुरस्कार हस्तान्तरण गरेको छ। थापाथलीस्थित हुन्डाई सोरुममा आयोजित कार्यक्रममा विजेतालाई कनज्युमर आई नेपालकी अध्यक्ष बिमला खनाल तथा लक्ष्मी हुन्डाईका विक्री प्रतिनिधिले संयुक्त रुपमा पुरस्कार हस्तान्तरण गरेका हुन् ।
सो अफर अनुरुप हरेक नयाँ हुन्डाई गाडीको खरिदमा ग्राहकहरुले ३ लाखसम्मको आकर्षक नगद छुट र एक वर्षका लागि निःशुल्क बीमा तथा सडक कर, स्क्रयाच कार्ड मार्फत थप १ लाख सम्मको नगद छुट र बम्पर उपहार अन्तर्गत लक्कि ड्र मार्फत १ जना विजेतालाई हुन्डाई आई२० जित्ने मौका पाएका थिए।
अफरको बम्पर विजेताको घोषणा भाद्र ९ गते गरिएको थियो । जसमा काठमाडौंका लोकेश बज्रचार्यले हुन्डाई आई२० जितेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्यार्थीको प्रश्न– कानुन बनाउने सांसद नै किन कुर्सी फुटाउँछन् ?
-
तीज गीत : कुनै नयाँ कुनै ‘रिमिक्स’
-
फ्रान्समा डढेलोले ४० हजार विस्थापित
-
थप पाँच परिवारलाई जग्गाधनी प्रमाण पुर्जा वितरण
-
हानि तथा क्षतिका विषयमा संवेदनशील ढङ्गले समाचार सम्प्रेषण गर्नुपर्नेमा जाेड
-
कांग्रेस नफुटाउन स्थानीय तहका जनप्रतिनिधिको दबाब, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण