शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

बुर्किना फासोमा विद्रोहीको विस्फोट, ३५ जनाको मृत्यु

मङ्गलबार, २१ भदौ २०७९, ०९ : ०८
मङ्गलबार, २१ भदौ २०७९

बुर्किना फासोको उत्तरी क्षेत्रमा आपूर्ति बोकेको एउटा गाडिमा विस्फोटक पदार्थ प्रहार हुँदा कम्तीमा ३५ सर्वसाधारणको मृत्यु  भएको छ । घटनामा अन्य ३७ जना घाइते भएका छन् । 

बौर्जांगादेखि जिबोको बीचको सडक खन्डमा  एउटा समूहले सो विस्फोट गराएको सहेल क्षेत्रका गभर्नर रोडोल्फे सोर्गोले एक विज्ञप्तिमा बताएका छन् । सशस्त्र जिहादी समूहले सो हमला गरेको हो अनुमान गरिएको छ । 

उक्त गाडि उत्तरबाट बुर्किना फासोको राजधानी ओवागाडोउको लागि प्रस्थान गरेको थियो । गाडिभित्र सर्वसाधारण र व्यापारी थिए । यसअघि जिहादी समूहले उत्तरका सहर डोरी र जिबोतर्फ जाने सडकमा गराएका विस्फोटमा कम्तीमा १५ जनाको मृत्यु भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप