हालान्ड चम्किदा सिटीको शानदार सुरुवात
बुधबार, २२ भदौ २०७९, ०८ : ०३
एर्लिङ हालान्डको दुई गोलको सहयोगमा म्यानचेस्टर सिटीले च्याम्पियन्स लिग फुटबलमा शानदार सुरुआत गरेको छ ।
सिटीले मंगलबार राति भएको खेलमा स्पेनिस क्लब सेभियालाई ४-० गोल अन्तरले हराएको हो । समूह चरण अन्तर्गत पहिलो खेलमा सिटीलाई जित दिलाउन हालान्डले दुई गोल गरे । त्यस्तै फिल फोडेन र रुबेन डियासले एक एक गोल थपे ।
हालान्डले खेलको २० औं मिनेटमा गोल गर्दै सिटीलाई अग्रता दिलाए । ५८ औं मिनेटमा फोडेनले गोल गर्दै सिटीको अग्रता दोब्बर बनाए ।
हालान्डले खेलको ६७ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै सिटीको अग्रता ३-० को बनाए । खेलको इन्जुरी समयमा डियासले गोल गर्दै सिटीलाई ४-० को जित दिलाए ।
जितसँगै सिटीले पहिलो खेलमै ३ अंक जोडेको छ । यता सेभियाले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विष्णु पौडेललाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतकाे अनुमति
-
गोविन्द कार्की मुख्यसचिव नियुक्त
-
औषधि आपूर्तिमा भ्रष्टाचार : निजामती कर्मचारी अस्पतालका फर्मासिस्ट र स्टोरकिपरसहित ८ जनाविरुद्ध मुद्दा
-
वैदेशिक रोजगार ऐन संशोधनको तयारी : मेनपावर कम्पनीलाई थप कडाइसहित यस्तो छ नयाँ व्यवस्था
-
सुदूरपश्चिममा बाढी–पहिरोबाट बर्सेनि ठुलाे क्षति, यस वर्ष पूर्वतयारी कति प्रभावकारी ?
-
गत आर्थिक वर्षमा ३,१९६ जना कर्मचारीले बुझाएनन् सम्पत्ति विवरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण