पीएसजीको जितमा एमबाप्पेको दुई गोल
बुधबार, २२ भदौ २०७९, ०८ : १८
केलियन एमबाप्पेले दुई गोल गर्दा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले च्याम्पियन्स लिग फुटबलमा सहज जित हात पारेको छ ।
मंगलबार राति भएको खेलमा इटालियन क्लब युभेन्ट्सलाई २-१ गोल अन्तरले हराउँदै पीएसजीले सुखद सुरुआत गरेको हो । समूह चरण अन्तर्गत घरेलु मैदानमा भएको खेलमा पीएसजीको जितमा केलियन एमबाप्पेले दुबै गोल गरे ।
यता युभेन्ट्सका वेस्टन म्याककेन्नीले एक गोल गरे । खेलको पाँचौं मिनेटमा एमबाप्पेले गोल गर्दै पीएसजीलाई सुरुआती अग्रता दिलाए । २२ औं मिनेटमा एमबाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै पीएसजीलाई २-० को अग्रता दोब्बर पारे ।
युभेन्ट्सका वेस्टन म्याककेन्नीले ५३ औं मिनेटमा गरेपनि पीएसजी २-१ ले विजयी भयो । जितसँगै पीएसजीले पहिलो खेलमै ३ अंक जोडेको छ । यता युभेन्ट्सले हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विष्णु पौडेललाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतकाे अनुमति
-
गोविन्द कार्की मुख्यसचिव नियुक्त
-
औषधि आपूर्तिमा भ्रष्टाचार : निजामती कर्मचारी अस्पतालका फर्मासिस्ट र स्टोरकिपरसहित ८ जनाविरुद्ध मुद्दा
-
वैदेशिक रोजगार ऐन संशोधनको तयारी : मेनपावर कम्पनीलाई थप कडाइसहित यस्तो छ नयाँ व्यवस्था
-
सुदूरपश्चिममा बाढी–पहिरोबाट बर्सेनि ठुलाे क्षति, यस वर्ष पूर्वतयारी कति प्रभावकारी ?
-
गत आर्थिक वर्षमा ३,१९६ जना कर्मचारीले बुझाएनन् सम्पत्ति विवरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण