साफ यू–१७ मा नेपाल भुटानसँग खेल्दै
बुधबार, २२ भदौ २०७९, ०९ : २९
साफ यू–१७ पुरुष फुटबलमा नेपालले आफ्नो पहिलो खेलमा आज भुटानको सामना गर्दैछ । श्रीलंकामा जारी प्रतियोगिता कोलम्बोको रेस कोर्स ग्राउन्डमा हुनेछ ।
नेपाल र भुटानबीचको राति ८:१५ बजे सुरु हुनेछ । आजको खेलमा सहज जित निकाल्दै नेपाल प्रतियोगितामा आफूलाई बलियो बनाउने योजनामा छ ।
यता पहिलो खेलमा भारतसँग हारेको भुटान आजको खेलमा नेपाललाई हराएर प्रतियोगितामा पहिलो जित निकाल्ने योजनामा छ ।
सोमबार भएको उद्घाटन खेलमा भुटान भारतसँग ३–० गोल अन्तरले पराजित भएको थियो । नेपाल रहेको समूहमा ‘बी’ मा भारत र भुटान छन् । यस समूहमा भारतले एक खेलमा ३ अंक जोडेको छ ।
नेपालले दोस्रो खेलमा भारतसँग शुक्रबार खेल्नेछ । समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विष्णु पौडेललाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतकाे अनुमति
-
गोविन्द कार्की मुख्यसचिव नियुक्त
-
औषधि आपूर्तिमा भ्रष्टाचार : निजामती कर्मचारी अस्पतालका फर्मासिस्ट र स्टोरकिपरसहित ८ जनाविरुद्ध मुद्दा
-
वैदेशिक रोजगार ऐन संशोधनको तयारी : मेनपावर कम्पनीलाई थप कडाइसहित यस्तो छ नयाँ व्यवस्था
-
सुदूरपश्चिममा बाढी–पहिरोबाट बर्सेनि ठुलाे क्षति, यस वर्ष पूर्वतयारी कति प्रभावकारी ?
-
गत आर्थिक वर्षमा ३,१९६ जना कर्मचारीले बुझाएनन् सम्पत्ति विवरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण