पाँचथरमा माओवादीका उम्मेदवार : संघमा नेम्वाङ, मन्त्री आङ्बो पुनः प्रदेशमै सिफारिस
पाँचथर जिल्लाबाट आगामी मंसिर ४ गते हुने संघ र प्रदेश निर्वाचनको लागि माओवादी केन्द्रले आफ्ना उम्मेदवारको नाम सिफारिस गरेको छ । संघ अन्तर्गत उक्त जिल्लाबाट पार्टीका प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङ मिक्सो सर्वसम्मत भएका छन् । यस्तै प्रतिनिधिसभाको समानुपातिक तर्फमा नरबहादुर दुलाल सिफारिस भएका छन् ।
प्रदेशसभा निर्वाचन क्षेत्र (क) मा पनि प्रदेश अध्यक्ष मिक्सोको नाम सिफारिसमा परेको छ । मिक्सोसँगै उक्त क्षेत्रबाट हालकी प्रदेश सांसद सीता थेबे (प्रमिला) र लालबहादुर गुरुङ सिफारिस भएका छन् । प्रदेश (ख) मा भने हालका प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो र शंखध्वज नेम्वाङ सिफारिस भएका छन् । आङ्बो माओवादी केन्द्रका पोलिटब्युरो सदस्य समेत हुन् । माओवादीले प्रदेशसभा समानुपातिकतर्फ जुनु लावती, होमबहादुर जबेगु, विशाल रसाइली, पेम्बा शेर्पा र मेदनी खत्रीलाई सिफारिस गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२९ देशले गरे चीनले अघि सारेको विश्व कृत्रिम बुद्धिमत्ता सहयोग सङ्गठन स्थापना गर्ने सम्झौतामा हस्ताक्षर
-
पाइलट पक्राउ प्रकरण, बुद्ध एयरले गठन गर्यो छानबिन समिति
-
प्रधानमन्त्री कार्यालय र परराष्ट्र मन्त्रालयबिच बढ्यो दुरी
-
सांसदहरूलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह
-
‘इनसाइडर ट्रेडिङ’को आरोपपछि ट्रम्पका टेलिप्रम्प्टर अपरेटरमाथि छानबिन
-
पशु वधशाला र मासु जाँच ऐन देशभर ३ चरणमा कार्यान्वयन गरिने, उपत्यका पहिलो प्राथमिकतामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण