लमजुङमा १८ हजार भन्दा बढीले बनाए राष्ट्रिय परिचयपत्र
बिहीबार, २३ भदौ २०७९, ०८ : ०२
लमजुङमा राष्ट्रिय परिचयपत्र बनाउनेको संख्या बढेको छ । जिल्ला प्रशासन कार्यलय लमजुङमा हाल सम्म १८ हजार दुई सय ४१ जनाले राष्ट्रिय परिचयपत्रको लागि फारम भरेका छन् ।
जिल्लाका आठ वटै स्थानीय तहका नागरिकलाई राष्ट्रिय परिचयपत्रको लागि प्रशासनबाट नै सेवा दिएको प्रमुख जिल्ला अधिकारी सुशिल वैद्यले बताए ।
उनका अनुसार जिल्लाभर राष्ट्रिय परिचयपत्र बनाउनेको सख्या १८ हजार दुई सय ४१ जना रहेको छ । जसमा महिला सात हजार १ सय १७ छन् भने पुरुष ११ हजार १ सय २४ जना रहेको प्रजिअ वैद्यले बताए ।
वैदेशिक रोजगार विभागले राष्ट्रिय परिचयपत्र अनिवार्य माग गरेपछि जिल्लाका बैदेशिक रोजगारीमा जाने तथा डीभी भर्नेहरुको लागि अनिवार्य भएपछि जिल्ला प्रशासनमा परिचयपत्र बनाउन आउने मानिसको संख्या वृद्धि भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भूकम्पपछि उद्धार गरिएका सयौँ घरपालुवा जनावर आफ्ना परिवार खोज्दै
-
‘सिन्दुरे जात्रा’को छायाङ्कन पुनः सुरु
-
कलैयामा मिनी ट्रक दुर्घटना : एकको मृत्यु, चालक पक्राउ
-
सामान किन्दा बिल लिने ग्राहकलाई सरकारी चिठ्ठा : १० लाखसम्म उपहार जित्ने अवसर (कार्यविधिसहित)
-
वर्षा र पहिरोका कारण मुख्य राजमार्गहरू प्रभावित, कहाँको अवस्था कस्तो छ?
-
अपराधसँग सम्बन्धित ७७ मुद्दा फछ्र्योट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण