बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

लमजुङमा १८ हजार भन्दा बढीले बनाए राष्ट्रिय परिचयपत्र

बिहीबार, २३ भदौ २०७९, ०८ : ०२
बिहीबार, २३ भदौ २०७९

लमजुङमा राष्ट्रिय परिचयपत्र बनाउनेको संख्या बढेको छ । जिल्ला प्रशासन कार्यलय लमजुङमा हाल सम्म १८ हजार  दुई सय ४१ जनाले राष्ट्रिय परिचयपत्रको लागि फारम भरेका छन् । 

जिल्लाका आठ वटै स्थानीय तहका नागरिकलाई राष्ट्रिय परिचयपत्रको लागि  प्रशासनबाट नै सेवा दिएको  प्रमुख जिल्ला अधिकारी सुशिल वैद्यले बताए । 

उनका अनुसार जिल्लाभर राष्ट्रिय परिचयपत्र  बनाउनेको सख्या १८ हजार दुई सय ४१ जना रहेको छ । जसमा  महिला  सात हजार १ सय १७ छन् भने पुरुष ११ हजार १ सय २४ जना  रहेको प्रजिअ वैद्यले बताए । 

वैदेशिक रोजगार विभागले राष्ट्रिय परिचयपत्र  अनिवार्य माग गरेपछि जिल्लाका बैदेशिक रोजगारीमा जाने तथा डीभी भर्नेहरुको लागि अनिवार्य भएपछि जिल्ला प्रशासनमा परिचयपत्र बनाउन आउने मानिसको संख्या वृद्धि भएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप