टोटेनहमको जितमा रिचर्डलिसनको दुई गोल
बिहीबार, २३ भदौ २०७९, ०८ : १६
रिचर्डलिसनको दुई गोलको सहयोगमा प्रिमियर लिग क्लब टोटेनहमले च्याम्पियन्स लिग फुटबलमा फ्रान्सेली क्लब मार्सेलीलाई २–० ले हराएको छ । बुधबार राति भएको खेलमा पहिलो हाफ गोलरहित बराबरी खेलेको टोटेनहमका लागि रिचर्डलिसनले दोस्रो हाफमा दुई गोल गर्दै जित दिलाए ।
खेलको ४७ औं मिनेटमा मार्सेलीका क्यान्सिल मनगुलुले राटोकार्ड खाँदा १० खेलाडीमा समिति भएको थियो । घरेलु मैदानमा खेलको ७६ औं मिनेटमा गोल गर्दै रिचर्डलिसनले टिमलाई अग्रता दिलाएका थिए । त्यस्तै खेलको ८१ औं मिनेटमा गोल गर्दै टिमलाई २–० गोलको जित दिलाए ।
जितसँगै टोटेनहमले समूह ‘डी’ मा एक खेलबाट ३ अंक जोडेको छ । मार्सेलीले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ । यसै समूहको अर्काे खेलमा पोर्चुगिज क्लब स्पोर्टिङले जर्मन क्लब फ्रेन्कफर्टलाई ३–० ले हराएको छ । स्पोर्टिङले तीन अंक जोडेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विष्णु पौडेललाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतकाे अनुमति
-
गोविन्द कार्की मुख्यसचिव नियुक्त
-
औषधि आपूर्तिमा भ्रष्टाचार : निजामती कर्मचारी अस्पतालका फर्मासिस्ट र स्टोरकिपरसहित ८ जनाविरुद्ध मुद्दा
-
वैदेशिक रोजगार ऐन संशोधनको तयारी : मेनपावर कम्पनीलाई थप कडाइसहित यस्तो छ नयाँ व्यवस्था
-
सुदूरपश्चिममा बाढी–पहिरोबाट बर्सेनि ठुलाे क्षति, यस वर्ष पूर्वतयारी कति प्रभावकारी ?
-
गत आर्थिक वर्षमा ३,१९६ जना कर्मचारीले बुझाएनन् सम्पत्ति विवरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण