इन्टरमाथि बायर्नको जित
बिहीबार, २३ भदौ २०७९, ०८ : २०
जर्मन क्लब बायर्न म्युनिखले च्याम्पियन्स लिग फुटबल इटालियन क्लब इन्टर मिलानलाई २–० गोल अन्तरले हराएको छ । बुधबार राति भएको खेलमा बायर्नलाई जित दिलाउन लोरी सानेले एक गोल गरे । त्यस्तै बायर्नले एक गोल आत्मघाती उपहार पाएको थियो ।
इन्टरको घरेलु मैदानमा खेलको २५ औं मिनेटमा सानेले गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए । इन्टरका डानिलो डी’आम्ब्रोसियोले खेलको ६६ औं मिनेटमा आत्मघाती गोल गरेपछि बायर्नले २–० गोल जित निकाल्यो ।
जितसँगै समूह ‘सी’ को बायर्नले पहिलो खेल ३ अंक जोडेको छ । यता इन्टरले हारबाट च्याम्पियन्स लिगको सुरुआत गरेको छ । यसै समूहमा ३ अंक जोडेर बार्सिलोना शीर्ष स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विष्णु पौडेललाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतकाे अनुमति
-
गोविन्द कार्की मुख्यसचिव नियुक्त
-
औषधि आपूर्तिमा भ्रष्टाचार : निजामती कर्मचारी अस्पतालका फर्मासिस्ट र स्टोरकिपरसहित ८ जनाविरुद्ध मुद्दा
-
वैदेशिक रोजगार ऐन संशोधनको तयारी : मेनपावर कम्पनीलाई थप कडाइसहित यस्तो छ नयाँ व्यवस्था
-
सुदूरपश्चिममा बाढी–पहिरोबाट बर्सेनि ठुलाे क्षति, यस वर्ष पूर्वतयारी कति प्रभावकारी ?
-
गत आर्थिक वर्षमा ३,१९६ जना कर्मचारीले बुझाएनन् सम्पत्ति विवरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण