पोर्टाेमाथि एट्लेटिकोको रोमाञ्चक जित
स्पेनिस क्लब एट्लेटिको मड्रिडले च्याम्पियन्स लिग फुटबलमा रोमाञ्चक जित निकालेको छ । बुधबार राति इन्ज्युरी समयमा तीन गाेल भएको खेलमा एट्लेटिकोले १० खेलाडीमा समेटिएको पोर्चुगिज क्लब एफसी पोर्टाेलाई २–१ ले हराएको हो ।
घरेलु मैदानमा एट्लेटिकोको जित दिलाउन मारियो हर्माेसो र एन्टोनियो ग्रिजमनले एक एक गोल गरे । पोर्टाेका मेटेअस युरिवेले एक गोल फर्काए । खेलको ५० औं मिनेटमा कोकीले गोल गरेपनि गोलले मान्यता पाएन ।
पाहुना टोली पोर्टाेका मेदी तारेमी खेलको ८१ औं मिनेटमा दोहोरो पहेँलो कार्ड खाँदै मैदान बाहिरिँदा टोली १० खेलाडीमा समेटियो । इन्ज्युरी समयको पहिलो मिनेटमा मारियोले गोल गर्दै एट्लेटिकोलाई अग्रता दिलाए ।
इन्ज्युरी समयको छैटौं मिनेटमा मेटेअस युरिवेले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । त्यसपछि इन्ज्युरी समयको अन्तिम समयमा एन्टोइन ग्रिजमनले गोल गर्दै एट्लेटिकोलाई २–१ को जित दिलाए ।
जितसँगै एट्लेटिकोले पहिलो खेलबाट ३ अंक जोडेको छ । यता पोर्टाेले हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।
प्रतियोगिता अन्तर्गत नै अर्काे खेलमा आयाक्सले रेन्जर्सलाई ४–० गोल अन्तरले हराएको छ । त्यस्तै अर्काे खेलमा बेल्जियन क्लब ब्रुगले जर्मन क्लब बायर लिभरकुसनलाई १–० गोलले हरायो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विष्णु पौडेललाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतकाे अनुमति
-
गोविन्द कार्की मुख्यसचिव नियुक्त
-
औषधि आपूर्तिमा भ्रष्टाचार : निजामती कर्मचारी अस्पतालका फर्मासिस्ट र स्टोरकिपरसहित ८ जनाविरुद्ध मुद्दा
-
वैदेशिक रोजगार ऐन संशोधनको तयारी : मेनपावर कम्पनीलाई थप कडाइसहित यस्तो छ नयाँ व्यवस्था
-
सुदूरपश्चिममा बाढी–पहिरोबाट बर्सेनि ठुलाे क्षति, यस वर्ष पूर्वतयारी कति प्रभावकारी ?
-
गत आर्थिक वर्षमा ३,१९६ जना कर्मचारीले बुझाएनन् सम्पत्ति विवरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण