अवार्ड फेयर नहुने आरोप लगाउँदै दीपकले गरे सहभागी नहुने निर्णय
काठमाडौं – एनएफडीसी अवार्ड समारोहबीचमै छोडेर निस्किएपछि विवादमा घेरिएका अभिनेता दीपकराज गिरीले अब कुनै पनि अवार्ड समारोहमा भाग नलिने भएका छन् ।
समारोह छोडेर निस्किएको बिषयमा गिरीलाई धेरैले अवार्डको लोभी, भोको, घमन्डी लगायत शब्दले सामाजिक संजाल लगायतका माध्यममा गाली गरेका थिए । त्यस्ता गालीको जवाफ दिँदा दिँदा हैरान बनेका गिरीले यस्तो निर्णय गरेका हुन् ।
गिरीले आफ्नो फेसबुकमा एक लामो स्टाटस लेख्दै अवार्ड लगायत दोसल्ला ओढाउने कुनैपनि कार्यक्रममा आफु सहभागी नहुने जनाएका छन् ।
नेपालमा बाँडिने अवार्ड फेयर नहुने र ती अवार्ड नातावाद कृपावादमा आयोजकले बाड्ने गम्भीर आरोप लगाउँदै गिरीले अवार्ड बहिष्कार गर्ने निर्णय गरेका हुन् । गिरीको यो निर्णयको पनि मिश्रित प्रतिक्रिया आइरहेको छ ।
अवार्ड समारोह बहिष्कार गर्ने निणर्य गिरीले आफ्नो ब्यक्तिगत भएको जनाएका छन् । उनले आफ्नो निर्णय टिमका अन्य सदस्यको हकमा लागू नहुने स्टाटसमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् बिलमा भ्याट, ऊर्जामन्त्रीको निर्देशनपछि राजस्वसँग राय माग
-
भोजपुर नगरपालिका उपप्रमुख शेर्पालाई पदमुक्त गर्न एमालेको सिफारिस
-
प्रदेश सरकार सहकार्यका लागि एमाले र नेकपाबिच ३ बुँदे सहमति
-
सरकारको कार्यशैलीले राष्ट्रिय स्वाधीनता र लोकतन्त्र सङ्कटमा : नारायणकाजी श्रेष्ठ
-
प्रदेश सरकार गठनबारे एमाले र नेकपाबिच सहमति
-
डा.केसीका माग सन्दर्भमा संवादमार्फत यथाशीघ्र सहमतिमा पुग्न प्रतिबद्ध छौँ : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण